०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषाका दुई जना पत्रकारमाथि आक्रमण

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५ बैशाख । धनुषामा दुई जना पत्रकारमाथि शुक्रबार साँझ आक्रमण गरिएको छ ।

शहीद नगरपालिकामा कोरोना भाइरस सम्बन्धी रिपोर्टिङ्ग गरी घरफर्किदैं गरेका पत्रकार शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि सोही नगरपालिकाको वडा नम्बर ९ गोठ कोयलपुरमा आक्रमण गरिएको हो ।

रिपोर्टिङ्ग सकाएर फर्किदैं गर्दा ४÷५ जनाले आफूमाथि आक्रमण गरेको उनीहरुले बताए । शहीद नगरपालिकाको क्वारेन्टाइनको भद्रगोल अवस्थाबारे रिपोर्टिङ्ग गर्न गरी फर्किदैं गर्दा कोइलपुरमा आफूहरुमाथि आक्रमण गरिएको दुबैले बताएका छन् ।

उनीहरुले शहीद नगरपालिकाका मेयर उदय बरबरियाका मान्छेहरुले आफूमाथि आक्रमण गरेको बताएका छन् ।

‘ती व्यक्तिहरुले पछाडिबाटै टाउकोमै प्रहार गरे’ उनले भने, “त्सपछि हाम्रो उपकरण समेत खोसेर लगेका छन् ।”
आफूहरुको क्यामेरा र लायपटोप समेत मेयरका मान्छेहरुले लिएर गएको पत्रकार रोहिताले बताए ।

रोहिता टुडे खोज डट कम तथा मोरबैता जनकपुर टुडेमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]