०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पत्रकारमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,७ बैशाख । धनुषाका दुई जना पत्रकारमाथि आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको छ ।

धनुषाको शहीद नगरपालिकाको क्वारेन्टाइन सम्बन्धी समाचार रिपोर्टिङ्ग गरेर विसरभोरातर्फ फर्किने क्रममा पत्रकारद्वय सिबेन्द्र रोहिता र मनोज कुमार मोरबैतामाथि आक्रमण गरिएको हो । आक्रमणबाट रोहिताको टाउको नै फुटेको छ भने मोरबैतालाई सामन्य चोट लागेको छ ।

शहीद नगरपालिका ९ कोइलपुरमा जनकपुर टुडेका सम्बादाता रहेका मनोज मोरबैता र खोज केन्द्र डट कमका सिबेन्द्र रोहितामाथि आक्रमण गरिएको हो । रोहिताले शहीद नगरपालिकाका मेयर उदय बरबरियाले आफूमाथि आक्रमण गराएको बताएका छन् । आक्रमण गर्दै उनीहरुले ल्यापटप र क्यामेर समेत खोसेको बताएका छन् ।

यसैबीच प्रेस मंच नेपालले विश्व कोरोनासंग लडिरहेको बेला स्थानीय तहद्वारा कोरोना विरुद्धको तयारी बारे समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

मंचका केन्द्रीय उपाध्यक्ष बिन्दकिशोर साहले शनिबार बिज्ञप्ती जारी गर्दै आक्रमणकारी समूहको पहिचान गरी कार्वाहीको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]