१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

लाहानका एक युवाले ब्यक्तिगत लगानीमा पैदल यात्रीलाई खाजा खुवाउँदै

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

 

मनोज बनैता, लहान, ८ चैत्र । कोभिड १९ महामारीको कारण ले काठमाडौं लगायतको ठाँउबाट हिंड्दै आफ्नो गन्तव्य सम्म पुग्ने पैदल यात्रीको लागि भोटियाटोल चौकमा नि: शुल्क खाजाको ब्यवस्था गरिएको छ ।

लहान नगरपालिका वडा नं.– १३ गणेशपुर टोलका एक मध्यम वर्गीय परिवारका सदस्यले उक्त ब्यवस्था गरेको हो । लहान – १२ भोटीयाटोल चौकमा संगम होटल संचालन गर्दै आईरहेका सियाराम चौधरीले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई सोमबार दिनभरी निशुल्क पानी र खाजाको ब्यबस्था गरेको हो ।

देशका बिभिन्न स्थानबाट आफनो गन्तब्यमा पुग्ने यात्रीहरुलाई आर्थिक समस्या परेको हुदाँ सामाजसेवाको हिसाबले खाजाको ब्यबस्था गरेको चौधरीले बताए । सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधा पनी दिएको उनले बताए । नेपाल टेलिकम लहानका पुर्व प्रमुख भजन चौधरी र स्थानिय युवाहरुको बिशेष उपस्थिती र सहयोगमा यात्रुहरुलाई खाजा खुवाईएको हो ।
यसैबिच सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ६ श्रीपुरका समाजसेबीहरुले पनी आफनो निजि लगानीमा चना , च्युरा , तरकारी लगायत खाजाको ब्यबस्थापन गरेको छ । राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य एवम राजपाबाट सुरुङ्गाा नगरपालिकाका नगर प्रमुखका प्रत्यासी उम्मेदबार शंकर प्रसाद चौधरायनको एक टोलीले निशुल्क खाजा र पानीको ब्यबस्था गरेको हो ।
यात्रिहरुका लागी  साबुन , सेनीटाईजर , स्वास्थ्य परामर्श लगायतका सुबिधा समेत दिईएको हो ।   समाजसेबी अनुराग विश्वकर्मा , प्रितम चौधरी , प्रथम विश्वकर्मा , मनोज विश्वकर्मा , रबिलाल चौधरी ,  स्वास्थ्यकर्मी लालबहादुर चौधरी क्युपेक नेपालका केन्द्रिय सदस्य रामकृष्ण चौधरी , सवल नेपालका राधेश्याम राम लगायतको बिशेष सहयोगमा राहत स्वरुप खाजा पानी र स्वास्थ्य परामर्श सेवा  दिईएको  जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]