१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

जुनसुकै षडयन्त्रलाई चिर्दै राजपा र सपा एक हुन्छ : राजेन्द्र महतो

Logo
प्रकाशित मंगलबार, बैशाख ०९, २०७७

 

मनोज बनैता, सिरहा, ९ बैशाख । राष्ट्रिय जनता पार्टीले बहुदलीय व्यवस्था र लोकतन्त्रलाई धरापमा पार्न सरकारले  राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भनी प्रतिक्रिया दिएका छन । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा एक ढिक्का रहेको र जस्तोसुकै षड्यन्त्रले पनि विभाजन नहुने बताएका हुन ।

महतोले राजपा र सपा बिच एकता हुने विषयमा कुनै दुबिधा नरहेको प्रतिक्रिया दिदै उनले राजपा भित्र फुट रहेको हल्ला मात्र रहेको बताएका छन । उनले संघियता लाई समाप्त पार्न खनिएको खाडलमा षड्यन्त्रकारी स्वयं खस्ने दावी गरेका छन ।

सरकारले सोमबार अध्यादेश जारी गर्ने तयारी गरेको कानुनमा संसदीय दलमा ४० प्रतिशत सांसदहरूको समर्थन पाए दल फुटाएर नयाँ दल दर्ता गर्न पाइनेछ ।  ‘अहिले विश्व महामारीको संकटबाट गुज्रिरहेको बेला सत्ता बलियो बनाउने र सत्ता ढाल्दै मनपरी गर्नको लागी यो अध्यादेश ल्याइएको ‘ महतोको आरोप छ । कोरोना महामारीको समयमा सरकारको यो कमदलाई धेरैले आलोचना गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]