१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

योजना वचतद्वारा ८५ घरपरिवारलाई राहत वितरण

Logo
प्रकाशित मंगलबार, बैशाख ०९, २०७७

 

प्रिया अधिकारी, रुपन्देही, ९ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड (19) कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले विपन्न वर्गमा पर्न गएको समस्याको मध्यनजर गर्दै योजना बचत ॠण सहकारी संस्था लिमिटेड कञ्चन १ बेलभरियाको व्यवस्थापनमा कञ्चन गाउँपालिका वडा १ र २ मा बसोबास गर्ने अति विपन्न परिवारलाई राहत वितरण गरेको छ। खिम बहादुर जिएमको अध्यक्षतामा कञ्चन १ र २ वडाका लौसा बेलभरिया गजेडी र मटेरिया गरि ४ स्थानमा राहत वितरण सम्पन्न गरेको छ।

लकडाउनको समयमा विहान बेलुका काम गरि छाक टार्ने विपन्न परिवारलाइ भोकै बस्न नपरोस् भनी रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका मनकारी व्यक्तित्व तथा स्थानीय व्यक्तित्वको सहयोगमा पीडित परिवारलाई केहि राहत मिल्ने हिसाबले कञ्चन १ भेलभरियामा स्थापित संस्था योजना वचत ॠण सहकारीले अति विपन्न वर्गका ८५ घर परिवारलाई राहत अन्तर्गत २० केजि चामल,५केजि गहुँको पिठो ,२ केजि दाल १/१नुन र खानेतेल २प्याकेट सोयावडी साथै हात धुने सावन वितरण गरेको छ। यस कार्यक्रमका लागि योजना वचत तथा ऋण सहकारी संस्थालाई सहयोग गरेकोमा सम्पुर्ण सहयोगी मन प्रती आभार प्रकट गरेको छ।

कञ्चन गाउँपालिका वडा १मा घर भइ दक्षिण कोरियामा रोजगारीका लागि सहयोगी व्यक्तिहरु दिपक पौडेल ,दिपेन्द्र पौडेल ,कृष्ण पौडेल ,फटिक पौडेल ,श्याम पौडेल ,सोमनाथ पौडेल, सरोज सुवेदी ,कमल ज्ञवाली ,निश्चल जिएम वडा २ का अमृत अधिकारी ,सैनामैना नगरपालिका ३ का छवी थापा, सौ फर्साटिकरका कमल खत्री र स्थानीय संस्था योजना वचत संस्थालाई स्थानीय व्यक्ति वैज नाथ भुजले सहयोग गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]