२६ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
×

राहतमा राजनितिकरण बिपन्नाले पाएन राहत

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७

जीतेन्द्र कुमार राम
सबैला,१२बैशाख ।कोरोना प्रभाव र लकडाउनले निम्त्याएको अतिसंकट आर्थिक अभावको समय प्रदेश सरकारले उपलब्ध गराएको राहत बितरणमा एक स्थानिय तहका वडाका जनप्रतिनिधिले पार्टीका कार्यकर्तालाइ मात्र राहत दिई राजनितिकरण गरेको अतिबिपन्न र पिडितहरुले आरोप लगाएका छन।

धनुषाको सवैला नगरपालिकामा राहत बितरणको लागि हचुवाको भरमा अनुगमन बिना नै आफ्ना पार्टिका कार्यकर्तालाइ राहत बाडेका वडा नं।१ का वडाध्यक्ष कपिल देव राउत माथि आरोप लागेको छ।

नगरपालिका भरिमै अति बिपन्न समुदाय रहेका सवैला मुसहरी टोलमा मात्र १३० घरधुरिलाइ राहत बाडिएको छ जसमा वडाध्यक्षका निकटम ब्यक्ती मात्र परेका छन।ूस्थानिय एक युवा रंजित साहले बताए।

मुसहर समुदायका एक दलित मिया मुसहर अरुको खेतमा हल चलाइ जीवन गुजारा गर्छन।यतिबेला आर्थिक संकट र महामारीले घरबाहिर निस्किन नसकेको समय घर परिवार चलाउन आपद परेको तथा बिहान सांझ खानलाउन पनि धौधौ परेको बताउछन।

वडामै एकल महिला दलतिया साहलाई दिनरातको गुजारा तथा एक माना रासन पनि छैन। न त कुनै सहारा न श्रोत।छडके अनुगमनमा उ जस्ता माथी जनप्रतिनिधिको नजर पर्दैन।बाढी पिडित पनि उहीँ थिए,घरको बांसे पर्खाल झरेकोले पीडा भोग्नुपरेको थियो तर पनि त्यतिबेला कोहिपनी सहारा भएन।आहारगुहार गरे कोहिले हेरेन,ूउहाले दुखेसो पोखिन

बिनोद यादव आंखाले अन्धो छ,अनुमानै गरेर हिड्छन।कहिले लड्छन त कहिले के तर जनप्रतिनिधि पार्टीको मात्र अध्यक्ष भएपछी हामिले के भन्ने,हामिले गुनासो गर्दा पनि अटेरी गर्दै आइरहेका प्रमोद यादव बताउछन।

राहत बितरणमा अन्याय भएको छ,सहि अनुगमन भएन।मुख हेरिहेरी राहत बाडेको छ।यसको जाच हुनुपर्छ,राहत बितरण अनुगमन समितिका सदस्य मिथिला साहले बताए।

यता राहत बितरण गरेपछी होम क्वारेन्टाइनमा बसेको वडाध्यक्ष राउत आरोप प्रत्यारोप भने बिपक्षिदलका कार्यकर्ताले लगाएको तथा छुटेकोलाई दोश्रो चरणमा बाडिने जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]