१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

अज्ञात समुहद्वारा सप्तरीका केही मन्दिरमा तोडफोड र आगजनी

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७

 

मनोज बनैता, सिरहा, १२ बैशाख । कोभिड -१९ जस्तो महामारीको बेला लकडाउनको मौका छोपी केही उछृङ्खल ब्यक्तिहरु द्वारा समाजिक सद्भाव बिगार्ने प्रयास भईरहेको खबर प्राप्त भएको छ । बलान बिहुल गाउँपालिका वडा नम्वर–३ मौवाहा स्थितको डगरिन थान, वडा नम्वर–४ बेल्हीको हनुमान मन्दिर तथा  शिव मन्दिरमा मङ्गलवार राती केही उछृङ्खल तत्वले तोडफोड गरेको जानकारी उक्त गा.पा अध्यक्ष दयानन्द गोईतले दिएका छन ।


यता बिहिवार राती पुनः सुरुङ्गा नगरपालिका १० थल्हा (साविक को पटेर्वा -२)  स्थित श्री श्री १०८ श्री सदा शिव राम जानकी मन्दिर मा आगजनी को खबर प्राप्त भएको छ । स्थानीय भाग्य नारायण यादवले दिएको जानकारी अनुसार मन्दिरमा रहेका सामानहरु यत्रतत्र फालेर आगो लगाईएको हो ।

बलानबिहुलमा भएको उक्त घटनालाई लिएर नेपाल प्रहरी र सशस्त्र बलद्वारा सुरक्षा निगरानी कडा पारिएको खबर छ । साँझ ७ बजे पछि स्थानीयलाई घरबाट न निस्किन उर्दी जारी गरेको छ । धार्मिक स्थल जस्तै मन्दिर, मस्जिद, थान लगायतको ठाउँमा कडा निगरानी गरिएको प्रहरी स्रोतको दावी छ ।

समाजिक सद्भाव बिगार्न लागेका तत्वहरुलाई कार्यवाहीको घेरा भित्र ल्याउन बलानबिहुलका अध्यक्ष गोईतले स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

यता, उछृङ्खल क्रियाकलापमा संलग्न व्यक्तिको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]