मनोज बनैता, सिरहा,१२ बैशाख । जनता समाजवादी पार्टीका नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले आफुमाथी षड्यन्त्र गरि गलत हल्ला फैलाएको प्रती असन्तुष्टि जाहेर गरेका छन ।
उनले भने कि ‘हिजो मेरो नाम जोडेर विभिन्न संचार माध्यममा आएको भ्रमपुर्ण समाचार प्रतिगम्भीर ध्यानाकर्षण भएको छ।अहिले हाम्रो राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बिच भएको एकताले म लगायत पार्टीका सबै नेता कार्यकर्ता अति नै हर्षित भएका छौं ।यो एकताको कुनै विकल्प छैन।यस्ले सम्पुर्ण उत्पीडित जातजाति र समुदायको विद्यमान सवैखाले समस्याको समाधान गर्न सक्ने मैले विश्वास गरेको छु।’
यादवले थप्दै भने कि ‘ म यश पार्टीको एउटा अनुशासित र वफादार कार्यकर्ता भएको नाताले पार्टीले गरेको निर्णय प्रती मेरो पुर्ण समर्थन छ।मैले एकताको अन्य काम काजहहरु अहिले बाँकी छ मात्र भनेको हुँ।त्यसर्थ त्यस प्रकारको भ्रमपुर्ण समाचारको खन्डन गर्न आग्रह गर्दछु ।’