![](https://www.newsmadhesh.com/wp-content/uploads/2020/04/PicsArt_04-25-02.14.04.jpg)
मनोज बनैता, लाहान, १३ बैशाख । जनता समाजवादी पार्टी को वडा १९ को कमिटीले लहान नगरपालिका माथी बेइमानी गरेको आरोप लगाएको छ । भोटरको आधारमा रातह बाडदै गरेको जसपा का प्रतिनिधिहरुले दावी गरेका छन भने उता राहत कार्यक्रम स्थगित भएको जानकारी प्राप्त भएको छ ।
जनप्रतिनिधिको काखापाखा गर्ने नियत ले गर्दा बिरोध भएको यिनीहरू बताउँछन् । स्थगित गरिएको राहत बितरण कार्यक्रम पुनः सन्चालन गर्न माग गर्दै जसपा का वडा कमिटी ले प्रेस बिज्ञपति जारी गरेको छ । बिज्ञपति अनुसार तत्कालै राहत बितरण प्रक्रिया न थाले वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन । लाहान १९ का तत्कालीन राजपा नेपालका वडा कमिटी अध्यक्ष रामकुमार यादव ले भने कि स्थगन गरिएको राहत बितरण कार्यक्रम वास्तविक पीडित पहिचान गरि २४ घन्टा भित्र पुनः संचालन होस नत्र हामी तालाबन्दी सहित कडा बिरोधमा उत्रिने छौं ।
कोभिड -१९ को कहरले संसारै भर हडकंप मचाएको छ । देशमा लकडाउन बैशाख १५ सम्मको लागि लम्बिएको छ । नेपाल सरकारले बिपन्न वर्गमा खाद्यान्न लगायतका राहत बाँडी लकडाउन को पुर्न पालना गर्नगराउन निर्देश भएको बेला सिरहाको लाहान १९ मा मान्छे हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आए पछि राहत बितरण स्थगित गरिएको छ ।
दैनिक मजदुरी गरेर दुई छाँक टार्ने वर्ग मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा छन । सिराहाको लहान नगरपालिकाले एक करोड ३० लाख खर्च गरेको भएतापनि लागातार को गुनासोले नगरपालिकाको रवैया प्रति प्रश्न उठ्न थालेको छ ।