०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मुस्लिमले घरमै नमाज पढेर शुरू गरे रमजान 

Logo
प्रकाशित आइतबार, बैशाख १४, २०७७

मनोज श्रीवास्तव
कपिलवस्तु, १४ बैशाख । मुस्लिम धर्मावलम्बीहरुको ठूलो एक महिना लामो चाड रमजान शानिबारबाट शुरु भएको छ ।

रमजानको महिनामा मुस्लिम धर्मावलम्बीहरु दिन भरी भोकै उपवास बस्ने गर्छन । मुस्लिम धर्मावलम्बीहरु बिहान सूर्य नउँदाउँदै खाने (सेहरी) र सूर्य अस्ताएपछि सांँझ (इफतर) खाने प्रचलन रहेको मुस्लिम धर्मगुरु बताउछन् ।

नेपालमा कपिलबस्तु जिल्ला दोस्रो सबैभन्दा बढी मुस्लिम बहुल्य क्षेत्र भएको हुनाले रमजानलाई यहाँ बिषेश उल्लासको पर्वको रुपमा मनाइन्छ ।

रामजानको महिनामा मुस्लिमहरुको पवित्र ग्रन्थ कुरानलाई यो दुनियाँमा ल्याएको तौलिहवा मस्जिदका अहले सुन्नतका मौलाना अली हसनले बताउनुभयो ।

मुस्लिम धर्मवालम्बीहरुको लागि यो बिषेश महिना हो । यो महिनामा मुस्लिम धर्मवालम्बीहरु नमाज पढने र पवित्र ग्रन्थ कुरान पढने चलन रहेको मोैलानाले बताए । इस्लामको पाँच पिलर मध्ये रोजा पनि एक पिलर हो ।

यो महिनाको अन्तमा मस्लिम समुदायले आफनो आम्दानीको २.५ प्रतिशत गरीबलाई दान दिने चलन रहेको मौलानले बताए ।

कृष्णनगर नगरपालिका उपप्रमुख शबनम खातुनले सबै मुस्लिम धर्मबालम्बीहरुलाई आ आफनो घरमा बसेर नमाज र कुरान पढ्न, छरछिमेक भएका गरीबहरुलाई सहयोग गर्न, लकडाउनको पूर्ण रुपमा पालन गर्न, मदरसा भित्र कुनै अन्जान ब्यक्ति आएको खण्डमा कपिलबस्तु प्रहरीलाई जानकारी गराउन आग्रह गर्नु भएको छ ।

विश्वमा कोरोना भइरस (कोभिड १९) महामारीको रुपमा लिइरहेको बेला त्यसको असर नेपालमा पनि परेको कारणले गर्दा नेपाल सरकारले बैशाख १५ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

लकडाउनमा बेला मस्जिदमा कुनै किसिमको भीडभाड नहोस भनेर तौलिहवा मस्जिदले एक प्रेस बिज्ञप्ती जारी गदै सबैले घरमा नमाज पढन, इफतारको पार्टी नगर्न, रमजानको बेला निकालिएको सदका तथा जकात आ-आफनो छरछिमेक भएका गरीबहरुलाई सहयोग गर्न, लकडाउनको पूर्णरुपमा पालन गर्न, मदरसा भित्र कुनै अन्जान ब्यक्ति आएको खण्डमा कपिलबस्तु प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ ।

कोरोना भइरस संक्रमण अन्तका लागि सबैले आ-आफनो घरमा बसेर प्रार्थना गर्न पनि मुस्लिम समुदायको अगुवाहरुले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]