२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

विपन्नद्वारा सुखिपुरको मेयरलाई राहत स्वरुप ‘मुठ्ठी -मुठ्ठी’ चामल

Logo
प्रकाशित आइतबार, बैशाख १४, २०७७

मनोज बनैता, सिरहा, १४ बैशाख । जिल्लाका अधिकान्स स्थानीय तहले पहिलो चरणको बाँडिसक्दा पनि सुखिपुर नगरपालिका भने हाल सम्म सुरसार नगरेको खबर छ ।लकडाउनको महिना दिन वितिसक्दा सम्म पनि राहत नदिएपछि मेयरलाई उल्टै राहत दिने अभियान चलेको छ । सुखिपुरका स्थानीय युवाद्वारा मेयरको लागि राहत अभियान चलाएका छन ।

एक स्थानीय युवा नितेश यादवका अनुसार चामल, दाल, बिस्कुट, चाउचाउलगायतका राहत सामग्री आईतवार सुखिपुरका मेयर राम अवतार यादवलाई बुझाएका हुन ।

लकडाउन महिनौं सम्म लम्बिदा पनि मेयर यादव राहत काममा गम्भीर न हुँदा नैतिक दवाब दिन सो कार्यक्रम चलाउनु परेको युवा यादवले जनाए । दवाव सृजनाकै क्रममा मेयर लगायतका जनप्रतिनिधि ले राहत बितरणका समिति बनाएको तर त्यसमा पनि आफ्नै आसेपासेलाई समावेश गरेको उनको आरोप छ ।

सुखीपुर नगर सुधार समितिका अध्यक्ष बिपी भुवन यादवको अनुसार मेयरको तानाशाही प्रवृती र मनमौजी कार्यशैली हेरेर नै यो अभियान चलाएको स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]