१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

मेयर साब ‘भाषण’ हैन अहिले ‘रासन’ बाँडनुस : सुखिपुरका स्थानीय

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

मनोज बनैता, सिरहा, १५ बैशाख । राहत वितरणको विषयलाई लिएर आक्रोशित सुखिपुरका स्थानीयले मेयर रामाऔतार यादवलाई भाषण भन्दा पनि अहिले रासन को आवश्यकता रहेकोले रासन बाँडन आग्रह गरेका छन । जिल्लाका अधिकान्स स्थानीय तहले पहिलो चरणको बाँडिसक्दा पनि सुखिपुर नगरपालिका भने हाल सम्म केहि नगरेको गुनासो छ ।

लकडाउनको  महिना दिन वितिसक्दा सम्म पनि राहत नदिएपछि मेयरलाई आफ्नो कर्तव्यबोध गराउने उदेश्यले उल्टै राहत दिने अभियान चलेको थियो । सो अभियान सुखिपुरका स्थानीय युवाद्वारा चलाईएको थियो । मेयर साबलाई पदिय जिम्मेवारी र नैतिक दवाव सिर्जनाको उद्देश्यले सो अभियान चलाएको एक स्थानीय युवा नितेश यादव बताउँछन् । उनको अनुसार चामल, दाल, बिस्कुट, चाउचाउलगायतका राहत सामग्री आईतवार सुखिपुरका मेयर राम अवतार यादवलाई बुझाएका थिए ।

दवाव सृजनाकै क्रममा मेयर लगायतका जनप्रतिनिधि ले राहत बितरणका समिति बनाएको तर त्यसमा पनि आफ्नै आसेपासेलाई समावेश गरेको उनको आरोप छ ।

सुखीपुर नगर सुधार समितिका अध्यक्ष बिपी भुवन यादवको अनुसार मेयरको तानाशाही प्रवृती र मनमौजी कार्यशैली हेरेर नै यो अभियान चलाएको स्पष्ट पारे । उनले अगाडि थपे ‘मेयरले अहिले आफुलाई चोख्याउन भाषण दिनु भन्दा पनि राहत बितरण मा ध्यान दिनु अहिलेको आवस्यकता हो’

उता मेयरले आफू संबेदनसिल रहेको दावी गर्दै भनेका छन कि यो केहि ब्यक्तिको षड्यन्त्र हो उसलाई बदनाम गर्ने । उनले भने कि नामावली समयमा तयार नहुदा राहत प्रक्रियामा ढिलाइ भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]