१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

राहत वितरण नगरेपछि स्थानीयद्वारा मेयरलाई नै बुझाए राहत

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

सन्तोष यादव,जनकपुरधाम१५ बैशाख ।राहत वितरण नगरेपछि सिरहाको सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवलाई स्थानीय युवाहरुले राहत बुझाएका छन्।

सुखीपुरका विभिन्न ठाउँमा स्थानीय युवाहरुले राहत संकलन गरी आइतबार मेयर यादवलाई बुझाएका हुन्। पटकपटक राहत वितरण गर्न दबाब दिए पनि मेयर यादवले बेवास्ता गरेका कारण उनलाई नै जनताबाट संकलन गरिएको राहत बुझाएको स्थानीय प्रवीण दासले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशलाई लकडाउन गरेको एक महिना बितेको छ। प्रदेश सरकारले गरिब, विपन्न तथा मजदुरलाई राहत वितरण गर्न रकम उपलब्ध गराएको पनि तीनसाता बितिसक्यो। तर सुखीपुर नगरपालिकाले अझै राहत बाँड्न सकेका छैन्।

‘लकडाउनले मजदुरी पनि गर्न नपाउँदा गरिब दलितहरु भोकभोकै मर्ने स्थितिमा पुगेका छन् , नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका दासले भने, ‘तर मेयर यादवले उनीहरुको पीडा बुझ्न सकेका छैन्। मेयर यादव अनेक बहाना बनाउदै आजभोलि गर्दागर्दै हालसम्म राहत वितरण नगरेकाले युवाहरुले उनलाई नै राहत बुझाएको उनको भनाइ छ।’

‘घर(घरमा पुगेर मेयरका लागि चामल, दाल, बिस्कुट, चाउचाउ र तरकारी संकलन गर्यौं,’ अर्का युवा नितेश यादवले भने, ‘संकलन राहत मेयर यादवलाई बुझाउन नगरपालिकाको कार्यालयमा पुगेका थियौं। तर प्रहरी र कर्मचारी मेयरलाई भेट्न दिएनन्। अनि कार्यालयमा राखेर निस्कियौं।’

राहत वितरण नगरेकै विषयमा कर्मचारी र स्थानीयबीच विवाद चर्केपछि वेशाख ७ मा नगरपालिका कार्यालयमा ढुङ्गामुढा गरिएको थियो। आक्रोशित स्थानीयले गरेको ढुङ्गामुढाका कारण कार्यालयको सिसाहरु फुटेको छ। मेयर यादव तानाशाही प्रवृत्तिको रहेकाले राहत वितरण नगरेको स्थानीयको आरोप छ।

यता, मेयर यादवले विभिन्न कारणले राहत वितरण गर्न ढिलो भएको बताए। वडाध्यक्ष नेतृत्वको सर्वदलीय समितिले राहत पाउनेको सूची बुझाउन ढिलो गर्दा समस्या भएको भन्दै सोमवार वा मंगलबारदेखि राहत वितरण गर्ने उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]