१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

संबेदनहीन बन्दै औरही गा.पा, कर्तव्यबोध गराउन विपन्नद्वारा अध्यक्षलाई राहत

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

मनोज बनैता, सिरहा, १५ बैशाख । सिरहाका औरही गा. पा ले लकडाउनको महिनौं बितिसक्दा पनि गरिब, मजदुर लगायतलाई राहत सामग्री बितरण गरेको छैन । गा.पा को ध्यानाकर्षण गराउने गरि स्थानीय युवाले बिरोध स्वरुप अध्यक्षका लागि चन्दा संकलन गर्न थालेको खबर छ । चन्दा सहयोग गा.पा प्रमुख सिद्धार्थ यादवलाई बुझाउने जानकारी स्थानीयले दिएका छन । ‘समस्यामा स्थानीय अभिभावक भएर उभिनुपर्छ कि पर्दैन ? युवा बिबेक दासले प्रश्न गरे । उनले भने ‘औरही गा.पा प्रमुखको सर्वत्र आलोचना भइरहेको छ यधपी वहाँ आफ्नो हठमा अडिक रहेर आम जनतालाई दुःख दिनु गा.पा को लागि दुर्भाग्य हो’

युवा यादवको अनुसार अध्यक्ष सिद्धार्थ यादवमा रहेको मृत संवेदनाहरूलाई जगाउनका लागि यो अभियान चलाएको बताए । राहत नपाउँदा गरिब मजदुरका परिवार भोकै मर्ने स्थितिमा पुगेका छन्। राहत वितरणमा ढिलाइ भइरहेको भन्दै गाउँगाउँमा जनआक्रोस बढ्दै गएको छ।

राहत वितरण गर्न पटकपटक दबाब दिए पनि अध्यक्ष यादवले वास्ता नगरेपछि अब उनकै लागि राहत संकलन थालेको स्थानीय को आरोप छ ।राहत वितरणमा ढिलाइ भइरहेको विषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष यादवसँग सम्पर्क हुन सकेन।

वडा नम्बर ५ का वडाअध्यक्ष दिलिप यादवले राहत वितरण गर्नुपर्ने विवरण पनि गाउँपालिकामा बुझाइसकेको भन्दै वितरणमा किन ढिलाइ गरेको विषयमा कुनै जानकारी नगराएको प्रतिक्रिया दिए। उनले राहत वितरणमा अध्यक्ष यादवले राजनीति गरिरहेको आरोपसमेत लगाए।

कोरोना भाइरसबाट जोगिन सरकारले देशलाई लकडाउन गरेको एक महिना नाघिसकेको छ। मजदुरी गरेर साँझ विहान छाक टार्ने गरिब मजदुरहरु लकडाउनका कारण काम पाइरहेका छैनन्। जसका कारण उनीहरु मुस्किलमा परेका छन्।

लकडाउनमा हातमुख जोड्न समस्या हुनेहरुका लागि राहत वितरण गर्न संघीय सरकारले स्थानीय तहलाई तत्कालै निर्देशन जारी गर्यो। प्रदेश सरकारले राहत वितरण गर्न महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखका दरले रकम निकासा गरेको पनि तीन साता बितिसकेको छ। तर प्रदेश २ का अधिकांश स्थानीय तहले राहत वितरण गर्न सकेका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]