०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनमत पार्टीद्वारा विपन्न घरपरिवारलाई तरकारी दिदै

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

न्यूजमधेश सम्बादाता
भैरहवा, १५ बैशाख ।कोरोना भाइरसबाट जोगिनको लागि सरकारले गरेको लकडाउनका कारण अति विपन्न घरपरिवारका व्यक्तिहरु तरकारी खानबाट बंचित हुनु पर्ने बाध्य भएपछि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विपन्न घरपरिवारलाई राहत स्वरुप तरकारी वितरण गरेको छ।

पार्टीले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ७ मा अति विपन्न परिवारलाई तरकारी वितरण गरेको जनमत पार्टी रुपन्देहीका जिल्ला इन्चार्ज रामकेश गुप्ताले बताएका छ्न। इन्चार्ज गुप्ताका अनुसार पार्टीका गैडहवा गाउँपालिका वडा नम्बर ७ का संयोजक लाल बहादुर केवट, पार्टीका वरिष्ठ नेतृत्व मण्डलका सदस्य राधेश्याम केवट, वडा सह–संयोजक राजकुमार बरईको नेतृत्वमा पार्टी नेता तथा कार्यकर्ताको सहयोगमा तरकारी वितरण गरेका छ्न ।

वडा नम्बर ७ मा १२ क्वीन्टल टमाटर, २ क्वीन्टल सिमी र १२ क्वीन्टल काउली आफ्नो खेतीबारीबाट टिप्दै एक हप्तासम्म तरकारी वितरण गरिएको वडा संयोजक केवटले बताए । लाल बहादुर केवटले ८ क्वीन्टल टमाटर, २ क्वीन्टल सेमी, २ क्वीन्टल काउली, राधेश्याम केवटले ४ क्वीन्टल टमाटर, ८ क्वीन्टल काउली र राजकुमार बरईले २ क्वीन्टल काउली सहयोग गरेको इन्चार्ज गुप्ताले बताए।

उनले भने जनमत पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाका पुर्व इन्चार्ज भोपेन्द्र यादवको पहलमा तरकारी वितरण गरिएको र विपन्न परिवारलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने जनमत पार्टी रुपन्देहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]