१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

राहत बितरणका लागी बलानबिहुलको सबै प्रक्रिया पुरा

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

मनोज बनैता, सप्तरी,१६ बैशाख । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिकाले यहि एक हप्ता भित्र राहत  बितरण कार्य शुरु गर्ने भएको छ । राहत बितरणको लागी नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार प्रक्रिया पुरा गरिसकेकोले छिट्टै नै राहत बितरण हुने गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राम सुन्दर थापाले जनाएको छ ।  कार्यपालिकाले गरेको बैठकको निर्णय अनुसार राहत सामग्री खरिद गर्न गाउँपालिकाले ५ दिनको खुल्ला बोलपत्र आहबान गरेको थियो ।
चामल प्रति केजी ५४ रुपैया , खाने  तेल प्रति लिटर २ सय रुपैया , नुन प्रति किलो २० रुपैया , मसुरीको दाल प्रति किलो १ सय पच्चिस रुपैयाको दरले बोलपत्र आहबान गरेको थियो ।  त्यसका लागी ७ ओटा आबेदन परेका थिए  । कम दर रेट पेश गरेका कारण सिरहको लहान ११ का अमित सप्लायर्स एण्ड ट्रेडर्सको चामल दाल र नुन खरिद गर्न  बोलपत्र स्वृकीत भएको गाउँपालिका अध्यक्ष दयानन्द गोईतले जनाए । गा.पा स्रोत अनुसार तेल खरिद गर्न सगरमाथा किराना पसल कुशहा सप्तरीको  बोलपत्र स्बृकित भएको हो ।
ठेकेदारले खरिद गर्ने सामग्री मध्ये उसिना चामल सोना मन्सुली ए ग्रेडको ८५ हजार किलो , मसुरीको दाल १२ हजार किलो , आयोडिन युक्त नुन ७ हजार किलो , खानेतेल ७ हजार लिटर खरिद गर्ने जनाईएको छ । गाउँपालिकाले १ देखि ६ जना परिवार संख्या भएकाका लागी १५ केजी चामल , २ केजि दाल , १ केजि नुन , १ लिटर खानेतेल बितरण गर्ने योजना रहेको छ भने ६ जना भन्दा बढी परिवारका लागी २० किलो चामल , ३ किलो दाल , २ किलो नुन , २ लिटर खानेतेल बितरण गर्ने योजना रहेको सुनाए  ।
बलान बिहुल गाउँपालिकाले  कोरोना प्रभाबितका लागी प्रदेश सरकारबाट १० लाख र गाउँपालिकाको १ करोड  १८ लाख ७५ हजार गरी जम्मा १ करोड ७५ हजार रकम बिनियोजन गरेको छ । पहिलो चरणको राहतमा गाउँपालिकाले वडा नम्बर १ देखि ६ सम्मका ४५ सय सम्म बिपन्न परिवारलाई राहत बितरण गर्ने जनाईएको छ  । यस अघि गाउँपालिकाका प्रत्येक घरधुरीमा मास्क र साबुन बितरण गरीसकोको गाउँपालिका साहयक लेखापाल सुभाष चन्द्रलाल कर्णले बताए । वडाले बास्तिबिक  असाहय , बिपन्न बर्ग र मजदुरहरुको अभिलेख ढाँचा भरिरहेको कारण राहत बितरणमा ढिलाई भएको गाउँपालिकाको स्रोतबाट खुल्न आएको छ ।
कोरोना प्रभाबित बिपन्न बर्गका लागी पालिकाको लक्ष्मि बैकमा रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण उपचार कोष खाता ०९१०३००००३६ मा मनकारी लगायत सहयोगी हातहरुलाई रकम जम्मा गर्न गाउँपालिकाले आग्रह गरेका छन ।
गाउँपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीले ५ दिनको तलब , पाँचौ तह सम्मका कर्मचारीहरु ३ दिनको तलब , करारका कर्मचारीले १ दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका लेखा प्रमुख कमलेश कुमार साहले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]