०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

कोरोना भाइरस रोकथामका लागि विजयनगरमा म्यादी प्रहरी भर्ना गर्ने

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

न्यूजमधेश सम्बादाता
विजयनगर ,१६ बैशाख।कपिलवस्तुको विजयनगर गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै ५० जना म्यादी प्रहरी भर्नाका लागि आव्हान गरेको छ । आजै बसेको गाउँकार्यपालिकाको बैठकले दैनिक ज्यालादरी सेवामा पदपूर्ति गर्न ३ दिनभित्र दरखास्त दिन आव्हान गरेको हो ।

अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि गाउँपालिका भित्र थप निगरानी गर्न म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

सरकारले लगाएको लकडाउन अवधीभर आवश्यकता अनुसार म्यादी प्रहरीलाई परिचालन गर्ने जनाइएको छ । विजयनगर गाउँपालिका भारतको सिमानासँग जोडिएको र खुल्ला सिमाना भएकोले भारतबाट व्यक्तिहरु लुकीछिपी आउने सक्ने सम्भावना बढी रहेकोले सुरक्षाकर्मीको समन्वयमा थप निगरानीका लागि म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

यसरी भारतबाट आउने व्यक्तिबाट कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्र्दै गाउँपालिकाले सिमामा थप कडाईका साथ निगरानी बढाउन आश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।

यस्तै गाउँपालिकाले आन्तरिक साना विकास निमार्णका कार्य पनि सञ्चालन गर्ने निर्णय गरेको छ । अत्यावश्यक कामहरुलाई खुकुलो बनाउनुको साथै साना विकास निमार्णका कामहरु सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरबाट सुचारु गरिने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]