०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जाँचको लागि चामलको नमुना प्रयोगशाला पठाइयो

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१७ बैशाख । जनकपुरधाम उपमहानगरपालिका १६ मा वितरण गरिएको चामलको नमूना जाँचको लागि पठाइएको छ ।वडा नं. १६ का विपन्न परिवारलाई सोमबार वितरण गरिएको चामल कुहिएको र ढुसी लागेको संचारमाध्यमहरुमा समाचार आएपछि मंगलबार जाँचको लागि पठाइएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी राहत लागि आएको समाग्रीको म्याद र गुणस्तरीय चेकजाँच पश्चात् वितरण कार्य अघि बढाएको दावी गरिएको छ ।समाजिक सञ्जाल फेसबुक र अनलाइनमा समाचार आएपछि जाँचको लागि चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको छौं’ उपमेयर रिता कुमारी मिश्रले भनिन् ।उपमहानगरपालिकाको १२ वटा वडामा ७ हजार ६ सय विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

ती मध्ये वडा नं. १६ मा ५ सय ४१ जनालाई राहत वितरण गरिएको हो ।त्याहाँका दुई जना बाहेक अन्य वडाहरुबाट गुनासो आएको छैन, उपमेयर मिश्रले भनिन,उपमहानगरपालिकाले गुणस्तरीय राहत वितरण गरिरहेको छ ।’नगरबासीमा कुनै शंका÷उपशंका नहोस्त्य सैको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट जाँचको लागि प्रतिनिधि बोलाएको हो, उनले थपिन् ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चामल र तोरीको तेललाई परीक्षणको लागि प्रयोगशाला पठाउने भएको छ । परीक्षणको परिणाम दुई वा तीनदिनमा आउने सो कार्यालयका कार्यालय प्रमुख विजय खनालले बताए । जाँचको नतिजा आएपछि बाँकी वडाहरुमा राहत वितरण गर्न उनले आग्रह समेत गरे ।

जिल्ला प्रशासन कार्यालयबाट खटिएका प्रतिनिधिले चामल बदलिएको देखिएमा वा बदनाम गर्ने नियतले त्यस्तो गरेको पाइएमा कानून अनुसार कारवाही हुने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको छ ।वडा नम्बर २, ३, ४, ५, ६, , ११, १४,१६, १७, १ र २१ मा राहत पठाइएको हो ।

वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८, वडा नम्बर ८ मा ७ सय ५४,वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१,वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]