१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

औरही गाउपालिकाको ब्यानर झुन्ड्याई मदिरा ओसारपसार,  प्रहरी मुकदर्शक

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

मनोज बनैता
सिरहा, १७ बैशाख । सिरहामा राहतको ब्यानर झुन्ड्याई मदिरा ओसारपसार हुनेगरेको खबर प्राप्त भएको छ ।

सिरहाका औरही गाउपालिका नामको ब्यानर राखी करिब २ हप्ता देखि मदिराले भरिएको ट्रक सिमावर्ती ईलाकामा देखिदै आएको एक स्रोतले जनाएको छ ।ना.४.ख ८५०१ नम्बरको ट्रक भारी मात्रामा मदिरा बोक्दै लकडाउनको मौका छोपी ओसारपसार गर्ने गरेको छ ।

महामारीको बेला लुकीछिपी यसरी रक्सी ओसारपसार हुनु र प्रहरी मुकदर्शक भएर बस्नु ले स्थानीयको मनमा शंका उब्जाएको छ ।

कोरोना महामारी को बेला औरही गा.पा लगायतका केही गा.पा ले हाल सम्म राहत बितरण नगरेको बेला त्यही गा.पा को राहात सामग्री नामको ब्यानर प्रयोग गरिनु खोजबिन को बिषय हो वरिष्ठ पत्रकार देवकुमार यादव भन्नुहुन्छ । यादवले यसको उचित छनबिन हुनुपर्नेमा जोडदिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]