१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

जनकपुरधाम उपमहानगरलाई बदनाम गर्ने प्रयास, चामल गुनस्तरिय रहेको प्रमाणित

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१८ बैशाख । जनकपुरधाम उपमहा नगरपालिकाले राहत वितरणका लागि मगाइएको चावल लगायतका सामाग्रीहरु गुणस्तरीय रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले दावी गरेको छ ।

उपमहानगरपालिकाले राहत वितरणको क्रममा जनकपुरधाम १६ मा एकजनालाई कुहिएको चावल वितरण गरेको सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल भएपछि गुण नियन्त्रण कार्यालयले सो सामाग्री परीक्षणको लागि मंगलवार लगिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका कार्यालय प्रमुख विजय खनालले उपमहानगरपालिकाले राहत वितरणका लागि ल्याएको चावल र प्रशोधित सूर्यमुखी तेललाई प्रयोगशालामा परीक्षणा गर्दा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड परिधि भित्र रहेको बताएका छन् ।

जनकपुरधाम उपमहा नगरपालिका १६ मा ५ सय ४१ परिवारलाई राहत वितरण गर्दा एकजनामा मात्र कुहिएको चावल फेला पर्नु षड्यन्त्र रहेको उपमहानगरपालिकाले दावी गरेको छ । उपमहानगरपालिकालाई बदनाम गर्ने उद्देृश्यले षडयन्त्र पूर्वक सो खेल रचेको उपमेयर रिता कुमारी मिश्रले दावी गरेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]