१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

कोरोना कहरमा काङ्ग्रेस को कदम, वडा कार्यालयलाई राहत हस्तान्तरण

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

 

मनोज बनैता, सिरहा,१८ बैशाख । कोरोना भाइरस (कोभिड १९) को कारणले एक महिना अगाडि देखि शुरु भएको लकडानमा आर्थिक समस्या तथा खाद्यान्न आभाव झेल्दै आएका अति बिपन्न, दैनिक ज्यालादारी परिवारलाई नेपाली कांग्रेस सिरहाले राहत वितरण थालेको छ ।

सिरहा धनगढीमाई नगर कार्यसमितिले पार्टीका सहृदयीहरुको आर्थिक सहयोगमा जोहो गरेको चामल, दाल र नुन वितरण थालेको हो । धनगढीमाई ११ सोनापुरमा बुधबार छ वटा वडालाई राहत सामग्री हस्तान्तरण गरिएको छ । राहत सामग्रीमा प्रति परिवार साढे १२ किलो चामल, एक÷एक किलो दाल र नुन छ ।

नेपाली कांग्रेसका सिरहा सभापति तथा पूर्व सभासद् रामचन्द्र यादव, जिल्ला सचिव तथा महासमिति सदस्य पञ्चलाल महतोको उपस्थितिमा धनगढीमाई २, ३, ४, ७, १० र ११ नं. वडामा गठन गरिएको पार्टी अन्तर्गतको राहत व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । राहत हस्तान्तरण गर्दै जिल्ला सभापति यादवले नगर क्षेत्रका पार्टी समर्थक, सहृदयीहरुले दिएको २९ लाख रुपैयाँबाट खरिद गरिएको चामल, दाल र नुन नगरको १ देखि १४ वडा क्षेत्रका अति बिपन्न, दैनिक ज्यालादारी परिवारलाई दिइने बताए ।

महासमिति सदस्य महतोका अनुसार राहतका लागि तीन सय क्वीण्टल चामल, २० क्वीण्टल मसुरोको दाल र तीन हजार किलो नुन खरिद गरिएको छ । ‘वडा कार्यालयसँग समन्वय गरी पहिचान गरिएका तीन हजार परिवारलाई वडा स्तरीय समितिले वितरण गर्नेछ’ उनले भने ‘हरेक वडाका वडाध्यक्ष, पार्टीका अगुवा, अन्य राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत समन्वय गरी पहिचान गरिएका परिवारलाई राहत दिन्छौं, त्यसमा पार्टीगत रुपले काखापाखा हुँदैन ।’

स्थानीय युवा नेता अरुण यादवले विपद्को समयमा नगरपालिकाले राहत बाँडेको भएपनि छुटेका अति बिपन्नलाई राहत दिने योजना अन्तर्गत राहत सामग्री वडा स्तरीय समितिको जिम्मा लगाइएको बताए । कोरोना महामारीको संकटको बेलामा विशुद्ध मानवीय रुपले सहयोग गर्न धनगढीमाईसहित लहान, मिर्चैया र अन्य स्थानीय तहमा पनि पार्टीमार्फत् राहत वितरण थालिएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]