०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

शहिद नगरपालिकामा राहतको नाउमा सडेको चामल र कुहिएको आलु वितरण

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१८ बैशाख। धनुषाको शहीद नगरपालिका वडा नम्बर २ मा बितरण गरिएको राहतको चामल सडेको र आलु कुहिएको पाइएको छ । वडा कार्यालयबाट लिएर आएको चामल र कुहिएको आलु कुहिएको पाइएको स्थानीय चन्दर साहले बताए ।

यो गाउँका चमेलीदेवी, नथुनी यादव,रामाशिष खत्बे, संजय साफी,जगदीश महरासहितकाले पाएको राहत सडेको पाइएको छ । वडा कार्यालयले बितरण गरेको राहत सडेको र कुहिएको पाइएपछि उनीहरु निराश हुँदै आक्रोशित भएका छन् ।

दिइएको राहत पनि सडेको पाइएपछि विपन्नहरुले वडा अध्यक्ष जैसी भिनबार र मेयर उदय बरबरियाबिरुद्व नाराबाजी गरेका छन् ।उनीहरुले यस्तो राहत दिने जनप्रतिनिधीलाई कार्वाहीको माग समेत गरेका छन् ।

शहीद नगरपालिकाले प्रत्येक विपन्न परिवारलाई १० किलो चामल, २ किलो दाल,१ लिटर खाने तेल र १ प्याकेट नून उपलब्ध गराउने निर्णय गरेको थियो ।

यस सन्दर्भमा वडाध्यक्ष जैसी भिनबारले आलु बिग्रिने बस्तु भएकाले कुहिएको भन्दै गैरजिम्मेवारी अभिव्यक्ति दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]