०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सचिवालय बैठक अनिर्णित, विपक्षीलाई गलाउने ओली नीति

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डु,१८ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुचर्चित बुधवारको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहुमत रहेपनि कुनै निष्कर्षमा पुग्न सकेन् ।

असन्तुष्ट पक्षले स्थायी कमिटी बैठक डाक्ने, ओलीलाई अध्यक्ष अथवा प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पार्ने वातावरण बनाउने अपेक्षा गरिएको थियो ।तर बैठकमा सबै विषयमा समान्य छलफल भएपनि निर्णयमा पुग्न सकेन्् ।

पार्टी प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अर्को बैठक वैशाख २० गते बोलाइएको जनाए । अगामी बैठकले स्थायी कमिटी बैठकको मागबारे निर्णय गर्ने उनले बताए ।

‘ आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो’ उनले भने, यो विचार विमर्श र छलफल अझै जारी छ ।२० गते फेरी बैठक बस्ने उनले बताए ।

‘यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ ’ प्रवक्ता श्रेष्ठले भने, सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ ।

सचिवालयको अगामी बैठकले नै स्थायी कमिटी बैठकबारे निर्णय लिने उनले बताए ।मंगलवार नै बस्ने भनिएको सचिवालय बैठक सारिएको थियो ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । समाजवादी पार्टी फुटाउन अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो। संकटमा सघाउनुपर्ने बेला सरकारलाई अप्ठ्यारो पार्ने र यसले पार्टीलाई समेत कमजोर पार्ने मत पार्टीभित्र बन्न सकेको छैन् ।ओलीलाई दुवै पदबाट मुक्त गर्नुपर्ने माग बढेको छ ।संसदीय दलमा पनि ओली अल्पमतमा परेको बताइनछ ।ओलीले नेताहरुलाई गलाउन सचिवालय बैठक सारेको स्रोतहरुले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]