१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

लाहानमा लकडाउन कडा, उलंघन गर्नेलाई कार्यवाही

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

 

बिरेन्द्र (बिरु) यादव, लाहान, १८ बैशाख । लाहानमा लकडाउन थप कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरी ले बिहिवार बिहानैदेखि माईकिङ गर्दै स्थानीयलाई अतिआवस्यक काम बिना बाहिर ननिस्किन आग्रह गरेका छन । केही दिनदेखि स्थानीयद्वारा बजारको भित्री भागमा अनावश्यक रुपमा हुँदै गरेको सामुहिक भेटघाट बन्द गर्न समेत अनुरोध गरेका छन ।

उदयपुरको भुल्केमा २८ जना फेला परि सकेको अवस्थामा लहान पनि उच्च जोखिममा रहेको भन्दै ईप्रका लाहान, सशस्त्र बेस क्याम्प र जिल्ला ट्राफिक प्रहरी कार्यलयका संयुक्त टोलीले लाहान नगरको गल्ली गल्लीमा माईकिङ गरेको छ । अनावश्यक रुपमा घरबाट बाहिर निस्के नेपाल प्रहरीले तत्कालै कार्यवाही गर्ने जनाउदै नगरवासीलाई घरमा बसी लकडाउन पालन गरेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]