१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

जहाँ पुगेन ‘नगरपालिका’ त्यहाँ पुगे ‘समाजसेवीका’, यी जोडी लगातार चर्चामा

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

 

मनोज बनैता, लाहान, १८ बैशाख । लकडाउनमा आर्थिक अभावको चरम मारमा परेका लाहानका उत्तरवर्ती गाउँका बासिन्दाले हालसम्म सरकारी राहतको स्वाद चाख्न पाएका छैनन यधपी लाहान नगरपालिका ले राहत बितरणको पहिलो चरण पूरा गरिसकेको छ ।

स्थानीय सरकारको आँखा पुग्न नसकेको लाहान नगरपालिका वडा १६ मा गई पुनः महेश चौधरी र संगीता कर्माचार्य ले राहत बितरण गरेका छन । यिनीहरुको पहलमा एबी मल गोलबजार र एपोलो ॐ स्कुलले आर्थिक सहयोग गरेका छन । लाहान आँखा अस्पतालको नामले प्रख्यात भएतापनी यहाँको स्थानीय सरकारमा दृस्टीदोष भएको भन्दै वडा १६ का स्थानीयले पीडा पोखे । उनीहरू आफुलाई भेदभाव गरेको महसुस गरेका छन।

समाजसेविका कर्माचार्य को अनुसार लाहानको विकट ठाउँ मानिने तरेगना, आरी दमाड़, भसुवा, डुमरे र देउराली मा हाल सम्म नगरपालिकाबाट कुनै प्रकारको राहत प्रदान गरिएको छैन ।


महेश चौधरी र संगीता कर्माचार्यको पहलमा वडा १६ का ती गाउँमा जम्मा १०० घरपरिवारलाई १० केजी चामल,१ केजी दाल,१ केजी मटर, १केजी नून र १ केजी आलू बितरण गरिएको छ । संगीता कर्माचार्य नेपाल महिला संघका केन्द्रिय सदस्य र महेश चौधरी नेपाली काङ्ग्रेसका बहुप्रतिष्ठित युवा नेता हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]