१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

श्रम गरेर खानेलाई मात्र राहत दिए जनप्रतिनिधिको घेराबन्दी र कुटाइ नहुने : वरिष्ठ पत्रकार यादव

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

मनोज बनैता, लाहान, १९ बैशाख । अन्तरास्ट्रिय ‘मे डे’ अर्थात १३१ औं श्रमिक दिवस कोभिड–१९ को कारण प्रभावित हुनपुगेको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेको छ । लकडाउनका कारण यसवर्ष श्रमिक दिवसका अवसरमा ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।

सिरहाका वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले कोरोनाका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन । यादवले कोरोना भाइरस सङ्क्रमणपछि नेपालका श्रम क्षेत्रमा भएको परिस्थितिलाई सामाना गर्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको पहल अपरिहार्य हुने जनाएको छ ।

पत्रकार यादवले भने ‘श्रम गरेर खानेलाई मात्र राहत दिए विवादको अन्त्य हुने र जस् अपजस नहुने मात्र होइन घेराबन्दी र कुटाई खाने कार्यबाट जनप्रतिनिधि वच्ने अचुक औषधि हो ।’ काम गरेपछि मात्र राहत दिने सरकारी निर्णय कार्यान्वयन होस् भन्दै श्रमिक वर्गमा १३१ औं श्रमिक दिवसको शुभकामना दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]