१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

भारत प्रवेश गर्न खोज्ने दुईजनालाई रानी मरकजमा गरियो क्वारेन्टाईन

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

राजेश शर्मा, बिराटनगर, २० बैशाख । नेपाल बाट भारत प्रवेश गर्न खोज्ने दुई जनालाई सशस्त्र प्रहरी ले क्वारेनटाईनमा लगेको छ । भारतको छपरा जिल्ला फ़रिद पुरा घर बताउने दुई जना भारतीय नागरिक वर्ष २३ को (नाम गोप्य राखिएको) र अर्को वर्ष २६ को (नाम गोप्य राखिएको) ले बिराटनगर १६ दरैया बस्ती को मक्कै खेतिको बाटोबाट भारत प्रवेश गर्न खोजेको अवस्थामा त्यहा खटिएको सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरीको टोलीले पक्राउ गरी क्वारेनटाईनमा पठाएको हो ।

पक्राउ परेका दुवैजना धरानमा लेबरको काम गरिरहेको बताउछ्न । कोरोना भाईरस संक्रमणले गर्दा नेपाल र भारत दुवै देश लकडाउनमा रहेको अवस्थामा नेपालबाट स्थानियहरुसमेत कसैले पनि प्रयोग गर्न न मिल्ने मकै खेतको बाटो हुदै भारत छिर्न लागेपछी पक्राउ परेका हुन ।

नेपाल भारत खुल्ला सिमाना भएको कारणले गर्दा अरुबेला  बिराटनगर १६  मा पर्ने दरैया र टिकुलिया बस्ती लागुऔषध ओसार पोसार र लागुऔषध सेवन कर्ताहरुले प्रयोग गर्नेगरेको थियो । लकडाउनले गर्दा अहिले यो क्षेत्रमा जोकोहिलाई पनि प्रहरीहरुले विशेष निगरानी गरिरहेको बेला साझ ७ बजेको समयमा शंकास्पद अवस्थामा भेटिएका दुवैजनालाई बिओपि बखरी प्रमुख सशस्त्र प्रहरी निरिक्षक हरि शाहीले जिल्ला प्रशासन कार्यालय मोरङ संग समन्वय गरी बिराटनगर १५ रानीमा रहेको मस्जिद रानी मरकजमा क्वारेनटाईनमा राखिएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]