१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

मिर्चैया नगरपालिका मा सिंहको व्यक्तिगत तर्फ बाट राहत बितरण

Logo
प्रकाशित आइतबार, बैशाख २१, २०७७

 

मनोज बनैता, सिरहा, २१ बैशाख । मिर्चैया नगरपालिका को वाडा नं १० मा  एक सय पचास भन्दा बढी अति बिपन्न परिवार लाई राहत बितरण भएको छ ।

मिर्चैया न.पा १० बस्ने ललिता सिंह ले आफ्नो व्यक्तिगत तर्फ बाट प्रति परिबार ७ किलो चामल, १ केजी नुन, आधा लिटर  खाने तेल, २ केजी आलु लगायत तरकारी, साथै रू १५० बराबर को मसला बाँडेकी छिन । उक्त राहत वाडा भरि का पिडित हरू निज ललिता सिंह को घर पिपरा गाऊँ मै लिन पुगेको खबर छ ।

सिंहले अझै राहत को आवश्यक्ता परेका लाई घरमा आएर राहत लिन आउन अपिल समेत गरेकि  सिंहकी बुहारी सिल्पी सिंह ले जानकारी दिएकी छिन ।

मिर्चैया वाडा नं १० मा नगरपालिका को तर्फ बाट आफ्नो आसे पासेलाई राहत बितरण गरेको र पिपरा गाऊँ भरिमा दलित को संख्या धेरै भएतापनी ५ जना लाई मात्र राहत दिएको एक गोप्य स्रोत ले जनाए ।

मेयर श्रवन यादव ले राहत बाडेको प्रति वडा ७ लगायत धेरै वडाहरुमा असन्तुष्ट र आक्रोष रहेको केही स्थानियले बताए ।

ललिता सिंहले गुनासो पोख्दै भनिन ‘हामी कुनै पनि लोभ लालचले राहत बितरण गरेका छैनौं त्यही भएर जो मान्छे राहत लिन आयो ती सबै व्यक्ति लाई राहत दियौं।अझै राहत लिन आए हामी दिन तैयार छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]