१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

बाम नेताको अहम काम, निजि खर्चमा ‘हंगर को लागि लंगर’

Logo
प्रकाशित आइतबार, बैशाख २१, २०७७

मनोज बनैता, सिरहा, २१ बैशाख । प्रदेश नम्बर २ का प्रदेश सभासद मदन सेन प्रसाद श्रीवास्तव द्वारा सुखिपुरका साथ साथै धनगढीमाई नगरपालिकामा पनि ‘हंगर रिलिफ’ अभियान थालेका छन । प्रदेश २ का अधिकान्स सभासदहरु सेल्फ आईसोलेसनमा बसिरहेको बेला सभासद श्रीवास्तवद्वारा पिडित, विपन्न, दलित लगायत पैदलमार्गमा हिडने समेतलाई दुरी स्थापित गरि लंगर जस्तै भोजन गराउनु आफैमा एउटा उदाहरणीय कार्य हो । उनी आफै पनि खाना पकाउनेलाई सहयोग गरिराख्नु ले उनको शालिनताको परिचय दिन्छ ।

लकडाउनको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका अवस्थालाई मध्यनजर गर्दै उनी श्री राम जानकी मन्दिर सुखीपुरको परिसरमा २५ गते देखि नै खाना खुवाई रहेका छन् र आज आईतवार देखि थप धनगढीमाई नगरपालिका ११ धनगढी बजारमा निःशुल्क खाना खुवाउन थालेका हुन । धेरै भिडभाड भई समाजिक दुरी राख्न अप्ठ्यारो हुने हुँदा सभासद श्रीवास्तव ले घर बाट एक जना आई परिवारका अन्य सद्स्यहरुको लागि खाना लग्न विपन्न समुदायलाई आग्रह समेत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]