०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

राहत बितरण ः कतै झडप, कतै घेराउ र नारावाजी

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

न्यूजमधेश सम्बादाता
सिरहा ,२३ बैशाख । लक डाउनका समयमा विपन्नलाई राहत बितरण गर्न शुरु गरिएको अभियान शान्तिपूर्ण बन्न सकेको छैन् । प्रदेश २ का जिल्लामा दैनिक रुपमा विवाद भइरहेको छ राहत बितरण गर्ने क्रममा ।

कतै राहत बितरणमा विवाद भइरहेको छ भने कतै राहत नपाउँदा स्थानीय तह कार्यालय घेराउ समेत गर्न थालिएको छ । सोमबार राहत बितरण गर्दा सिरहामा अश्रु ग्यास प्रहार र हवाई फायर नै गर्नुपरेको छ ।

सिरहाको मिर्चेयामा सोमबार दिउँसो झड्प भएको हो । मिर्चेया नगरपालिका वडा नम्बर ७ मा पछिल्लो तीन दिन यता विपन्नलाई राहत बितरण गरिदैं आएको छ । सोमबार बितरण गर्ने क्रममा केहि व्यक्तिले हो–हल्ला गर्दै राहत बितरण नै बिथोल्न खोज्दा प्रहरी र स्थानीयबीच झड्प भएको हो ।

झड्पका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् । सिरहा प्रहरीका प्रबक्ता एवं डिएसपी बिनोद घिमिरेले हो हल्ला गर्नेहरुले ढुँगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाई फायर गर्नुपरेको बताए ।

घट्नामा पाँच जना प्रहरी र चार जना सर्वसाधारण सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवार, प्रहरी सहायक निरीक्षक बिरेन्द्र मण्डल, प्रहरी हबल्दार सरस्वती चौधरी, प्रहरी जवान मोनिका अधिकारी र सबित्रा कुमाल ढुँगामुडाबाट घाइते भएपछि प्रहरीलाई हवाई फायर गर्नुपरेको हो ।

स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समाबेश गरिएको भन्दै बिरोध जनाएका थिए । अहिले यहाँको अवस्था सामान्य रहेको सिरहा प्रहरीका प्रबक्ता एवं डिएसपी बिनोद घिमिरेले जानकारी दिए ।

उता महोत्तरीमा राहत बितरण नगरिएको भन्दै एक स्थानीय तहको कार्यालय घेराउ गरिएको छ ।

छाँक टार्न समस्या हुँदा समेत राहत नदिएको भन्दै विपन्नहरुले सम्सी गाउँपालिका घेराउ गरेका हुन् ।

वडा कार्यालयले नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन बित्दा समेत राहत नदिएको भन्दै गाउँपालिका कार्यालय घेराउ गरिएको उनीहरुले बताएका छन् ।

उनीहरुले गाउँपािलिका घेराउ गर्दै जनप्रतिनिधीबिरुद्व नाराबाजी समेत गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष शेष फारुकले राहत वितरणका लागि सबै वडा कार्यालयलाई रकम पठाइसकिएको बताएका छन् । उनले यसबारेमा आफूले बुझ्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]