०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जङ्गली हात्ती गाउँ छिरेपछि…

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज ,२४ बैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी धान, गहँु, चामल, दाललगायतका खाद्यान्न खाएर रु पाँच लाख बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिनुभयो ।

लकडाउनले बेरोजगार भइ आयस्रोत बन्द भएका बेला हात्ती आतङ्कले जीवनयापन थप कष्टकर बनाएको पीडित श्यामकुमार रामले बताउनुभयो । रामले खानाका साथै घर तोडफोडपछि आवासको पनि चिन्ता थपिएको बताउनुभयो ।

हात्ती आतङ्क रोकथाम र नियन्त्रणतर्फ सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]