१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

लाहान सिटी जेसिजद्वारा कोभिड -१९ राहत कोषमा ४१,९०० जम्मा

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

मनोज बनैता, सिरहा, २४ बैशाख । लाहान सिटी जेसिज ले लकडाउनको मारमा परेकाहरूको लागि ४१ हजार ९ सय रुपैयाँ सहयोग गरेका छन । लाहान नगरपालिका ले खडा गरेको राहत कोषमा जेसिआई लाहान ले उक्त रकम जम्मा गरेका हुन ।

जेसिआई २०२० लाहानका अध्यक्ष वसन्त साहले दिएको जानकारी अनुसार उक्त रकम बराबरको बैंक चेक लाहान नगरपालिका का प्रमुख मुनि साहलाई हस्तान्तरण गरिएको हो । युवा अध्यक्ष वसन्त साहले भने ‘यो एउटा पुनित अवसर हो मानव सेवाको, त्यसकारण हामी आफुलाई गरिब, दलित तथा विपन्नलाई सहयोग गरेकोमा गौरवान्वित महसुस गरेका छौं ।’

राहत सहयोगमा जेसिजका नयाँ र पुराना वर्षका सदस्यगणले उक्त रकम जम्मा गरेका हुन । जसमा वसन्त साह – ५१००, वर्ष २०१९ का अध्यक्ष राजु मण्डल -५०००, राकेश झा – ५०००, मोनु साह – ५०००, बिनोद महतो – ५०००, शंकर गुप्ता – ३१००, मनिष शारडा – २१००, राकेश साह – २१००, राजाबाबु साह – २०००, कासिन्द्र यादव – २०००, प्रहलाद साह – २००० र गंगा साह ले १५०० लगायतले सहयोग गरेका हुन ।

मनकारी अध्यक्ष साह विभिन्न संघ संस्थामा समेत आवद्ध रहेका छन । उनी बेला बेला रक्तदान, खेल, लागुऔषध सम्बन्धि जनचेतना फैलाउने जस्ता समाजिक कार्यहरुमा अहम भुमिकामा देखिने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]