२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

महतोको दोहोरो चरित्रको कारण पार्टी एकीकरण रोकिएको थियो : यादव

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

मनोज बनैता, सिरहा, २४ बैशाख । तत्कालीन राजपा अध्यक्ष  मण्डलीका सदस्य राजेन्द्र महतोको दोहोरो चरित्रको कारण मधेस केन्द्रित दल बिच एकीकरण रोकिएको खुलेको छ । सदभावनामा स्थापना काल देखि नै लागेका सप्तरी बलान बिहुल गा.पा का कामेश्वर यादव तत्कालीन राजपाका स्थानीय नेता हुन । उनले मधेसी दलबिच एकतामा बाधकको रुपमा राजेन्द्र महतो भएको दावी गरेका छन ।

यादवले भने ‘ नेता महतो को महत्वाकांक्षा को सिमा फराकिलो भएको कारणले नै एकीकरण प्रक्रियामा ढिलाई भएको हो । उनले आफू र आफ्नालाई राजनैतिक मैदानमा पद र वर्चस्वको साथ अवतरण गर्ने बहानामा समयलाई लमक्याउदै गयो । आखिर अहिले आएर अध्यादेश नामक राजनैतिक औजारको अगाडि सरेन्डर गर्नै पर्यो ।’ आरोपको बिषयमा कुरा गर्न खोज्दा नेता महतो ले फोन काटे ।

यादव ले राजपा र संघिय समाजवादी पार्टी बिच भएको एकता एक ऐतिहासिक निर्णय भएको ले स्वागत गर्दै अब अगामी दिनमा सबै नेतालाई आ-आफ्नो निहित स्वार्थलाई त्याग्दै स्थानिय स्तर सम्म समायोजनको प्रक्रियामा जान आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]