०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्दै

Logo
प्रकाशित शुक्रबार, बैशाख २६, २०७७

न्यूजमधेश सम्बादाता
लहान ,२६ बैशाख । सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ । गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले सरकारको निर्देशिका विपरित राहत बांड्न सुरु गरेका हुन् ।

बुधबार औरही गाउपालिका १ मा राहत वितरण भयो । तर वडाध्यक्ष सुरैतलाल ठाकुरलाई गाउपालिखाले जानकारी नै गराएन । वडाध्यक्ष ठाकुरले राहत वितरण भइरहेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारीलाई खबर गरे । तर त्यतिबेलासम्म करहरबा र करकट्टी टोलमा राहत वितरण गरिसकेको थियो ।

त्यहांको चार सय परिवारलाई राहत वितरण गरेको सुने, वडाध्यक्ष ठाकुरले भने, तर राहत कसले बांड्यो मलाई थाहा भएन । कसैलै औपचारिक जानकारी गराएको छैन । गाउपालिकाले नेकपाका कार्यकर्ता मार्फत राहत वाड्न लगाएको कुरा सुनेको छु ।

वितरण गरिएको राहतमा १५ किलोको दरले चामल दिएको भनिएको छ । तर चामल तौल्दा कसैको पनि १५ किलो पुगेन । कसैको पोकामा १२ किलो, त कसैको पोकामा १३र१४ किलो मात्र पुग्छ । राहतमा पनि भ्रष्टाचार गरिएको वडाध्यक्ष ठाकुरले बताए ।

उनका अनुसार कसैको राहतको पोकामा चिनी छैन, त कसैमा दाल छैन् । राहत वितरणमा गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले चरम लापरबाही गरेका छन् । उनले भने, एक त हाम्रो अधिकार खोसियो, अर्को कुरा भने अनुसार राहत नबांडेर भ्रष्टाचार गरेका छन् ।

वडाध्यक्ष ठाकुरले गाउंपालिकालाई राहत वितरणका लागि ७१० गरिब, विपन्न तथा मजदुरहरुको नामावली पठाएका थिए । तर सो नामावली अनुसार समेत राहत वितरण गरेको देखिएन । नेकपा कार्यकर्तालाई मनोमानी ढंगले राहत वितरण गरिएको आरोप पनि वडाध्यक्ष ठाकुरले लगाए ।

गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले राहत वितरणमा भ्रष्टाचार गरेको र सरकारले जारी गरेको निर्देशिका विपरित ढंगले राहत बाड्न लागेको कुरा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको वडाध्यक्ष ठाकुरले बताए । उनले भने, शुक्रबार प्रजिअसंग छलफल गर्न शुक्रवार सिरहा पुग्छौं । उहांको सल्लाह बमोजिम अगाडी बढ्छौं ।

यता, नेपाली कांग्रेसका स्थानीय नेता सुभाष यादवले गाउपालिका अध्यक्षले राहत वितरण मात्र नभएर खरिदमा समेत भ्रष्टाचार गरेको आरोप लगाए । उनले गोप्य टेण्डर गरी आफन्तबाट महङ्गोमा राहत सामग्री खरिद गरी अध्यक्षले भ्रष्टाचार गरेको बताए ।

उनले राहत सामग्री खरिद दररेटका लागि पटक पटक गाउपालिका पुगेपनि अध्यक्ष नभेटेको गुनासो समेत गरेका छन् । उनले राहत खरिदमा गरेको भ्रष्टाचारको छानबिन गर्न सम्बन्धित निकायसंग माग समेत गरे । अन्य ४ वडामा हालसम्म राहत वितरण नगरेको र वडा १ मा राहत बांड्दा मनोमानी गरेको आरोप पनि उनले लगाए ‌।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]