१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

छुट्टाछुट्टै घट्नामा एक प्रहरीसहित चार जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, बैशाख २६, २०७७

न्यूजमधेश सम्बादाता
सप्तरी,२६ बैशाख । सप्तरीमा भएको छुट्टाछुट्टै घट्नामा एक प्रहरीसहित चार जनाको ज्यान गएको छ । ड्यूटिमा रहेका प्रहरीको एक्कासी मृत्यु हुनेदेखि हात्ती आक्रमणमा, दुर्घटनामा र झुण्डिएर एक÷एक जनाको एकै दिन बिहीबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु स्ट्यान्ड बाई ड्यूटिकै समयमा भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।

एक्कासी मृत्यु भएका प्रहरी हबल्दार उदयपुर जिल्ला निवासी हुन् । उनको मृत्युको कारण तत्काल भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जानकारी पाइने प्रहरीको भनाई छ ।

यसअघि सप्तरीमै एक जना सशस्त्र प्रहरीका असईको मृत्यु ड्यूटि गरिरहेकै अवस्थामा भएको छ ।

भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको सोमबार मृत्यु भएको थियो ।

शम्भुनाथ नगरपालिका वडा नम्बर २ की ३८ बर्षीया जानकी मगरको भने हात्ती आक्रमणमा मृत्यु भएको छ । घरमा हात्ती प्रवेश गर्न थालेपछि भाग्न थाल्दा ज्यान बचाउन भाग्दै गरेकी उनलाई हात्तीले कुल्चेर ज्यान लिएको स्थानीयले बताएका छन् ।

हात्ती आएपछि जानकी आफ्ना पति पेशलसँगै भागेकी थिइन् । सोही क्रममा हात्तीले सुडले समातेर टाउकोमा कुल्चेको उनका पति पेशलले बताए । हात्ती आक्रमणमा परी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको हो ।

हात्तीले जानकीको ज्यान लिदैं दुई जनाको घर समेत तोड्फोड गरेका छन् । लक्ष्मण मण्डल र बलराम ईसरको घर हात्तीले तोडफोड गरेको स्थानीयले बताएका छन् ।

अग्निसाइर कृष्णासावरण गाउँपालिका २ सीतापुरस्थित पूर्व पश्चिम राजमार्गमा बिहीबार भएको सबारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सबार एकको मृत्यु र एक घाइते भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख.६१२६ नम्बरको रोकी राखेको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको स.८ प.५६२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई ट्रकमा ठोकिएको सप्तरीका प्रहरी प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकलमा सबार अग्निसाईर कृष्णसावरण गाउँपालिका ३ बस्ने ३५ बर्षीय बिक्रम सरदार छन् ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सबार बिक्रमसँगै ३६ बर्षीय तरुण सरदार समेतलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याउने क्रममा बिक्रमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तरुणको भने अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

सदरमुकाम राजवविराजमा भने एक महिलाको पंखमा झुण्डिएर ज्यान गएको छ राजविराज २ निवासी संदीब मण्डलकी २५ बर्षीया पत्नी बर्षा देवी मण्डलले आफ्नै घरको सुत्ने कोठाको सिलिङ पंखामा झुण्डिदा उनको ज्यान गएको हो । उनलाई उपचारका लागि सगरमाथा अंचल अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]