१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

बलानबिहुलमा राहत बितरण जारी, पीडितलाई मलहम प्रतिद्वन्द्वीलाई भारी

Logo
प्रकाशित आइतबार, बैशाख २८, २०७७

मनोज बनैता, सिरहा, २८ बैशाख । महिनौं देखि लकडाउनको मार झेलीरहेका सप्तरी बलानबिहुल गाउँपालिकाको बिपन्न समुदाय ले अहिले आएर राहतको श्वास लिएको छ । गा.पा ले लामो समय देखी खाद्यान्न बितरण गर्ने प्रक्रिया शुरूगर्ने भनेपनी अहिले आएर वितरण गर्न थालेका हुन ।

पालिका श्रोतले जानकारी दिएको अनुसार बिहीबार देखि खाद्यान्न बितरण शुरु गरिएको छ । बलानबिहुल गा.पा – २,४ र ६ मा राहत बितरण शुरुगरिएको छ । वडा २ मा जम्मा ४८१ घर धुरी, वडा ४ मा ७९० घरधुरी र वडा ६ मा ७५० घरधुरी का लागी पारिवारिक संख्याको आधारमा राहत वितरण मापदण्ड बनाईएको छ । ६ जनाको परिवारको लागी १५ केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन त्यसैगरी ६ जना भन्दा बढी पारिवारिक संख्या भएको घरधुरीलाई २० केजी चामल, ३ केजी दाल, २ लिटर खाने तेल र २ किलो नुन गरि राहत बितरण गरिएको उक्त वार्डहरुका जनप्रतिनिधि ले जनाए ।

ढिला भएपनि राहत बितरणले बिपन्न समुदायको पिडामा मलहम लगाउने काम भएको स्थानीय संचारकर्मी रासिन्द्र यादवको रिपोर्ट रहेको छ । दिघिया का रामरुप यादव र भोला देवी भन्छन् ‘अब केही दिनलाई राहत भयो, गा.पा ले अब दोस्रोपटकको लागि पनि पहल छिटो गर्नु पर्यो’

नामावली संकलनमा ढिलाईको कारणले यस्तो अवस्था आएको भन्दै बिधिवत रुपमा राहत वितरण हुँदैगरेको गा.पा अध्यक्ष दयानन्द गोईतको दावी रहेको छ । उनले राहत सामग्री सबै वडा कार्यालयलाई हस्तान्तरण गरिएको हुँदा १/२ दिनमै बितरण प्रक्रिया पूरा हुने जानकारी दिएका छन । खाद्यान्न सामग्री को गुणस्तरमा कुनै सम्झौता नभएकोले प्रतिद्वन्द्वी लाई प्रश्न चिन्ह लगाउन भारी पर्ने अध्यक्ष गोईतको जिकिर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]