१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

सिरहाको गाउँमा ईन्जिनियरिङ शिक्षा, विकट गाउँमा बिकासको बिजारोपण

Logo
प्रकाशित आइतबार, बैशाख २८, २०७७

मनोज बनैता,सिरहा, २८ बैशाख । सिरहाको दक्षिणवर्ती एक दुर्गम गाउँमा ईन्जिनियरिङ कक्षा संचालन हुँदै आएको छ । सखुवानन्कारकट्टी गाउपालिका १ को मौवाही गाउँमा ३ वर्षे र ४ वर्षे डिप्लोमा इन ईन्जिनियरिङ कक्षा सन्चालनमा रहेको छ । धेरै कम समयमा  श्री जनता नमुना मावि प्राविधिकधार मौवाही सखुवानन्कारकट्टी बिधालयले देशमै आफ्नो पहिचान बनाउनसफल भएको स्थानीय बताउँछन् । २०१७ सालमा निर्माण भएको यस बिधालय ले शिक्षा क्षेत्रमा राम्रो प्रगति गरेको देखिएको छ । सिरहामा जम्मा पाँच नमुना विद्यालयहरु छन जसमा मौवाहीको आफ्नै छुट्टै बिशेषता रहेको पाईन्छ ।

विद्यालयलाई नाम र पहिचान को लागी यस बिधालयका प्रधानाध्यापक रामपृत यादवले अहम भुमिका खेलेको छ । प्रधानाध्यापक यादव र विद्यालय व्यवस्थापन समितिको परिश्रमले यस बिधालयले सिरहा बाहिर पनि उत्तिकै चर्चा बटुलेका छन । सिरहाको विकट गाउँ मानिएको मौवाहीमा प्राविधिक कक्षा सिभिल इन्जिनियरिँग (डिप्लोमा)को ४ बर्षे र ३ बर्षे कोर्षको कक्षा संचालनमा रहेको छ । बिधालय स्रोतअनुसार तीन बर्षेमा ३० जना र चार बर्षेमा ४८ जना विद्यार्थी अध्ययनरत छन् । त्यहाँ बाजुरा, सप्तरी, सिरहालगायतका विद्यार्थी सिभिल इन्जिनियरिँग पढदै आईरहेका छन ।

प्रधानाध्यापक यादवको अनुसार उनी  २०६८ मा सरुवा भई यस बिधालयमा आएका थिए । त्यतिबेला मात्र ५ कक्षाकोठामा सिमित रहेको यो स्कुलमा हाल २५ कोठा रहेका छन । उनको व्यापक पहलमा वर्षे पिच्छे कोठा थपिदै गएका हुन । जम्मा ३ बिघामा फैलिएको यो बिधालय हालमा पनि भवन निर्माणलाई जारी राखेको यादव बताउँछन् ।

यादव ले दिएको जानकारी अनुसार आव ७०/७१—७१/७२ मा ८ कोठा, ७३/७४ मा ४ कोठा, ७४/७५ मा ४ कोठा, ७४/७५ मा पर्खाल, ७५/७६ मा २ कोठा थप गरी २५ कोठा निर्माण भएको छ । भौतिक निर्माण संगै यस बिधालयको बिद्यार्थी संख्यामा पनि उल्लेख्य प्रगति भएको छ । यादवको सक्रियता र समर्पण ले केही वर्षको अन्तरालमै १३० जना बिद्यार्थी बाट अहिले ८३० जना पुगेको छ ।

विद्यालयमा महिलामैत्री शौचालय को साथ साथ खानेपानीको पनि उचित प्रबन्ध गरिएको छ । यादवले कुराकानी गर्दै भने “आजको हाम्रो ईन्जिनियरिङ छात्र छात्रा ले नै भोलि हाम्रो देशको कायापलट गर्नमा मद्दत गर्ने छन । हामी अहिले  बिकासको बिजारोपण गर्दैछौँ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]