१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

मौवाही बिधालय प्रकरण : असन्तुष्टिको ज्वारभाटा

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

मनोज बनैता, सिरहा, ३० बैशाख । सिरहाको सखुवानन्कारकट्टी -१ मौवाहीमा रहेको जनता नमुना माध्यमिक बिधालयमा शैक्षिक र भौतिक रुपमा पारदर्शी नभएको भन्दै स्थानीय अभिभावक, शैक्षिक ब्यक्तित्व लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले प्रेस बिज्ञप्ती जारी गरेका छन ।

बिज्ञप्तीमा उल्लेख भए अनुसार बिधालयमा कार्यरत शिक्षकहरुको खाईपाई आएको सेवा सुविधा काटेर मनोबल गिराउने, बिधालयलाई सुचारु गर्न प्र.अ नियमित रुपमा उपस्थित नभईरहेको ले शैक्षिक वातावरण बिग्रेको साथै शिक्षकहरु बिच मनमुटावको अवस्था रहेको खुलेको छ ।

त्यसैगरी, बिज्ञप्ती मा लेखिएको छ कि ‘भौतिक निर्माण तर्फ को कामकाज को खर्च विवरण पनि पारदर्शिता नभएको अवस्था हो । साथै वार्षिक लेखा परिक्षण, बैंक स्टेट्मेन्ट र अडिट प्रतिवेदन माग्दा नदिएको गुनासो छ । त्यस्तै, गा.पा बाट प्राप्त अनुदान, शिक्षा बिभाग बाट दिईएको कम्प्युटर जडान नभएको गुनासो बढ्दो छ । प्र.अ यादव संग २०६८/६९ देखि हालसम्मको आय-ब्यय समेत माग गरिएको छ ।

उता, प्रधानाध्यापक रामपृत यादवले असन्तुष्ट पक्षको माग लाई छिट्टै सम्बोधन गरिने जानकारी दिएका छन । उनले भने ‘कामको सिलसिलामा असन्तुष्टि हुनु जायज हो, मैले यसलाई सकारात्मक रुपमा लिएको छु । सकभर छिट्टै सम्पुर्ण आम्दानी खर्च विवरण सार्वजनिक गर्नेछु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]