१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

बोर्डर नजिक भारी मात्रामा तस्करीका सामान बरामद, प्रहरीले भने ‘बोरा गनेको छैन’

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

मनोज बनैता, सप्तरी, ३१ बैशाख । सप्तरीको बलानबिहुल गा.पा ५ मा पर्ने कोदरकट्टी- रामनगरमा सशस्त्र प्रहरीले भारी मात्रामा तस्करी गर्नलागेका सामान बरामद गरेका छन । कोभीड -१९ महामारी को बेला पनि यस्ता तस्करी रामनगरमा दिनहुँ हुँदै गरेको स्थानीय बताउछन ।
चौकी नजिकै घर भएका एक स्थानीयले दिएको जानकारी अनुसार सोमबार राति तस्करी गर्न लागेका करिब २३ बोरा सुर्तीजन्य सामान सशस्त्र प्रहरी बेस क्याम्पद्वारा नियन्त्रणमा लिईएको हो ।
रामनगर सशस्त्र क्याम्पका ईन्चार्ज प्रहरी निरीक्षक केशब थापा ले भने ‘बोरा गन्न बाकि छ, त्यस्तै ९ बोरा सुर्तीजन्य, बिडी, डोरी लगायतका सामान होला । मैले खोलेर हेरेको छैन ।’ लकडाउनको कारणले अहिले सार्वजनिक नगरिने जानकारी ईन्सपेक्टर थापा ले दिए ।

प्रत्यक्षदर्शी स्थानीय र सशस्त्र ईन्सपेक्टर थापाले दिएको सुचनामा बोराको संख्या बाँझिएको छ । थापाले दिएको जानकारी अनुसार लगभग ९ बोरा छ भने स्थानीय अनुसार २३ बोरा समातिएका छन । जम्मा १४ बोराको फरक देखिएको छ । उता तस्कर सामान छुटाउन राजबिराज सम्म दौडधुपमा लागेको पनि सूचना प्राप्त भएको छ।

दिनहुँजसो हुँदैगरेको तस्करीले गर्दा बलानबिहुल गा.पा संक्रमणको खतरामा रहेको स्थानीय महेश साह बताउँछन् । उनको अनुसार केहि तस्करी त दिन दहाडै हुनेगरेको छ भने केही राति । दिन दहाडै हुने गरेको तस्करीमा तस्कर र सशस्त्र बिच सेटिङ हुनसक्ने स्थानीयको आशंका रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]