१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

बोदे बरसाईन वडा-१ अध्यक्षको बदमासी, रातारात आफन्तलाई राहत

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

मनोज बनैता, सिरहा, ३१ बैशाख । बोदे बरसाईन नगरपालिका वडा.१ का अध्यक्ष धिरेन्द्र यादवले मनमौजी रुपमा राति ९:०० बजे आफन्त लगायत आफ्ना आसेपासेलाई सुटुक्क राहत दिएको व्यापक जनगुनासो रहेको छ । बैधानिक प्रक्रियालाई लतमर्दन गर्दै रातारात बाँडिएको राहतको बिषय लिएर धनगढी लगायत वडा १ मा पर्ने गाउँमा अध्यक्ष यादवको घोर बिरोध भएको छ । अध्यक्षको मनपरी भन्दै स्थानियले धिरेन्द्र यादवलाई कार्यवाहीको माग गरेका छन ।

स्थानीय युवा धर्म देव साहको प्रश्न छ ” राति ९:०० बजे आफ्नो आसेपासेलाई वडा कार्यालयमा बोलाई राहत सामग्री दिएका छन। यस्तो अनैतिक कार्यमा संलग्न जनप्रतिनिधिलाई कारबाही भएन भने बिपन्न तथा पीडित जनता कति दिन सम्म यस्तो असह्निय कार्यमा चुप लागेर बस्छ्न?”

साहले बोदे बरसाईन नगरपालिका का मेयर र प्रशासकिय अधिकृत समेतलाई जानकारी गराएको भनेका छन । नगरपालिकाले ४०० प्याकेट राहत सामग्री पठाइएकोमा वडा अध्यक्षले  कुनै पनि पार्टीको प्रतिनिधि नबोलाइ आफ्नो मनोमानी ढंगले वितरण गरेको साथै मिति २०७६/१/२९ गते  राती करिब ९:००बजेको समयमा बिक्रीवितरण गरि आम बिपन्न/गरिब/दलित/श्रमिक जनतालाई राहतबाट बन्चित गरेको आरोप छ । यसरी सरकार द्वारा पीडितलाई दिएको खाद्यान्न लुकीछिपी बिक्री गर्नुले जनप्रतिनिधिको नैतिकता माथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ । उता वडा अध्यक्षलाई बारम्बार प्रयास गरेपनि सम्पर्क हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]