०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

प्रदेशमा क्वारेन्टाइनको विस्तार र लकडाउनलाई प्रभावकारी बनाउने निर्णय

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,३१ बैशाख । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा अप्रत्यासित रुपमा वृद्धि भएपछि प्रदेश सरकारले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज बसेको उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र प्रदेशको सिमानामा थप कडाइ, सीमापारिको आवतजावतलाई निरुत्साहित गर्न प्रचारप्रसार तीव्र बनाउने लगायतको निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवले जानकारी गराउनुभयो ।

सो बैठकले सीमापारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक कार्यविधि बनाई सङ्घ सरकारलाई आग्रह गर्ने र स्वदेश ल्याउनुपर्नेका लागि प्रत्येक जिल्लामा तीन÷तीन सय क्षमताको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।

यसका साथै कोरोना महामारी नियन्त्रणका लागि सङ्घ सरकारसँग थप बजेटको माग गर्ने निर्णयसमेत गरिएको स्वकीय सचिव यादवले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]