१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

लकडाउनमा दीनदुखीको सहारा बनेका छन् जितन र ललिता

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

दिनेश्वर गुप्ता
लहान, १ जेठ । ‘सेवा नै धर्म हो’  भन्दै दीनदुखीको सहारा बनेका छन् लहान ८ का एक दम्पती । ज्याला मजदुरी गरी जीवन बाँचिरहेका व्यक्ति लकडाउनमा एक छाक खान कठिनाई भोगिरहेका छन् । यस्ता घरपरिवारलाई राहत दिएर उहाँहरु रोगभोकबाट मुक्ती गराइरहेका छन् ।
लकडाउनमा यस्ता गरिब, दलित, विपन्नवर्गको लागि स्थानीय सरकारले राहत दिएको छ । तर, चाहे बमोजिम राहत स्थानीय सरकारले व्यवस्था गर्न नसकेको र छुटेका गरिब, दलित, विपन्नवर्गको सहारा बनेका छन् जितन यादव र ललिता यादव ।
आफ्नो नीजि लगानीमा यादव दम्पतीले लहानको गरिब, दलित, विपन्नवर्गको बस्तीमा पुगेर राहत उपलब्ध गराइरहेका छन् । उनीहरुले लहान १, ७, ८, १६, १९ लगायत अधिकाँश वडामा पुगेर राहत उपलब्ध गराइरहेका छन् । योसँगै छिमेकी नगरपालिका धनगढीमाईमा समेत पुगेर राहत उपलब्ध गराएका छन् ।
यादव दम्पतीले हालसम्म करिब पाँच सय घरपरिवारमा राहत उपलब्ध गराइसकेका छन् । पहिलो चरणको राहतमा यादव दम्पतीले १० किलो चामल, एक किलो नुन, एक किलो दाल, सोयाविनलगायत तरकारी प्रति घर परिवार उपलब्ध गराउँदै आएको छ ।
गाउँगाउँ पुगेर राहत उपलब्ध गराउँदै आएका उहाँ दम्पतीको घरमा समेत दीनदुखी आइपुग्दा समेत राहत दिँदै आएका छन् । लहान ८ स्थित आफ्नै निवासमा यादव दम्पतीले बैशाख ३१ गते एक सय ३५ घरपरिवारलाई राहत उपलब्ध गराएका छन् ।
यादव दम्पतीका छोरा अरुण यादव, विरेन्द्र यादव र अर्जुन यादवले समेत राहत उपलब्ध गराउँन सहयोग गर्दै आएका छन् । लहान ८ का वडाध्यक्षका प्रत्यासी श्याम साह भौरेभौरले ‘यादव दम्पतीको यो उदाहरणीय काम हो ।’‘ लकडाउनको बेला स्थानीय सरकार नपुगेको ठाउँमा उहाँहरु सहयोग गर्दै आएका छन् ।’ ‘समाजको लागि उहाँहरु यत्तिबेला दिव्यरुप भएका छन् । अहिलेसम्म २५ क्वांटल चामल गरिब, दलित, विपन्नवर्ग उपलब्ध गराईसकेका छन् ।
राहत वितरण गर्न उहाँ यादव दम्पतीको अभियान जारी छ । आजको राहत वितरणको लागि विजय साह, संजय पासमान, गोपाल पासमान, मागेन पासमानलगायत समाजिक दुरीको लागि सहयोग गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]