०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

धोती र गमछा लाउनेहरु हैन बरु टोपी लाउनेहरुले राष्ट्रघात गरे : मृगेन्द्र सिंह यादव

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

मनोज बनैता
सप्तरी,१ जेष्ठ । राष्ट्रियसभा सांसद मृगेन्द्र कुमार सिंहले धोती र गमछा लाउनेहरु हैन बरु दौरा सुरुवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौताहरु गरेको आरोप लगाएका छन् । यादवले सरकार संग लिपुलेकको जग्गा मिचेको जानकारी हुदाहुदै बाहिर नल्याएको भनी आक्रोश पोखेका हुन ।

राष्ट्रसभामा बोल्दै यादवले भने ‘कोसी, गण्डकी, महाकाली र टनकपुर जस्ता सम्झौताहरु धोती, कुर्ता र गम्छा लगाउने मधेशी नागरिकले नभइ दौरा, सुरुवाल र टोपी लगाउनेले गरेका हुन । उनी प्रधानमन्त्री ओली तिर व्यंग्य गर्दै भने कि हाम्रो प्रधानमन्त्री लाई थाहा नहुनु ले ‘ म कुटे जस्तो गर्छु तिमी रोएजस्तो गर्नु’ भनाईलाई चरितार्थ गरेको छ ।

नेता यादवले प्रश्न तेर्साउदै भने कि के सडक रातारात बनेको हो र हाम्रा प्रधानमन्त्री ले नबुझुन भनेर? उनले थपे “मधेसी जनता राष्ट्रिय स्वाभिमानको रक्षाका लागि ज्यानको बाजी लगाउन तयार रहदै आएको छ । उदाहरण हेर्न तराईका बोर्डर ईलाकामा घुमे हुन्छ । तसर्थ हामी मधेसीलाई सदैव शंकाको दृष्टीले न हेरियोस। ‘

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]