१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

लाहानका रा.उ अस्पताललाई कोरोना उपचार केन्द्र बनाउने प्रदेश सरकारको निर्णयको घोर बिरोध

Logo
प्रकाशित शुक्रबार, जेठ ०२, २०७७

मनोज बनैता
सिरहा, २ जेष्ठ । लाहान स्थित रा.उ स्मारक अस्पताललाई कोरोना अस्पताल बनाउने प्रदेश – २ सरकारको निर्णयलाई गलत भन्दै लाहानका स्थानीयले घोर बिरोध गरेका छन । अस्पतालको वरिपरि घना बस्ती रहेको ले सम्भावित खतरा हुन सक्ने भन्दै लाहानका युवाहरूले प्रदेश सरकारको यो निर्णयविरुद्ध अस्पताल कै परिसरमा पत्रकार भेला गरेका थिए ।

जनता समाजवादी पार्टीका युवा नेता ललित नारायण महतो ले भने ‘प्रदेश सरकार ले रा.उ स्मारक अस्पताललाई कोरोना उपचार  गरिने केन्द्र बनाँउदा यहाँका वासीहरु संक्रमीत हुने खतरा बढी छ । घना बस्ती भएको ठाउँ छोडी बलान पुल नजिकै रहेको कभर्ड हलमा उपचार केन्द्र बनाउन महतोले प्रदेश सरकारलाई आग्रह गरे ।’

त्यसैगरी लाहान -३ निवासी निर्वाचित महिला सदस्य नगिना देवी पासमान ले भनिन “सरकारले गरेको यो निर्णय सरासर गलत हो । यस अस्पताललाई कोरोना उपचार केन्द्र बनाए पछि गरिब बिपन्नले आखिर आफ्नो उपचार गराउन कहाँ जाने? उनको भनाई छ “गर्मीसँगै सर्प दंशका घटनाहरु समान्य छन यहाँ । यदि त्यस्तो घटना भयो भने आखिर हामी कहाँ जाने? हाल सम्म यहि अस्पतालमा कम खर्चमा हामी प्रसुती सेवा लिईरहेको अवस्था छ । भोलि गएर हामी जस्ता गरिब बिपन्नहरुको अवस्था के रहला?”

अर्का युवा नेता मनोज यादव (मन्जे) ले प्रदेश सरकारले लिएको यो निर्णय खारेजीको माग गरेका छन । उनले भने “कोरोना अस्पताल नै बनाउनु छ भने बस्तीबाट टाढा रहेको जे.एस क्यामपसमा बनाउनु पर्छ ।”

त्यसैगरी अर्का युवा भोलाजित नेपालले सरकारको यो निर्णयलाई आत्मघाती निर्णयको संज्ञा दिएको छ । नेपालले प्रश्न गरे ‘प्रदेश सरकारले कुन हिसाबले यस अस्पताललाई कोरोना उपचारको लागि चयन गर्‍यो ? उनले बरु धनगढी माई नगरपालिका छपराडी स्थित महेन्द्र गेनाई महतो अस्पतालमा केन्द्र राख्न सरकार समक्ष आग्रह गरे । नेपालको अनुसार छपराडी स्थित यो अस्पताल मानवीय वस्ती भन्दा निकै टाढा रहेको ले उपयुक्त हुने दावी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]