१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

लकडाउलाई धजिया उडाउदै शहीद नगरपालिकामा जनप्रतिनिधिले किताब बाडदै

Logo
प्रकाशित शुक्रबार, जेठ ०२, २०७७

मनोज बनैता
सिरहा ,२ जेठ । कोरोनाको संक्रमण देखिए लगत्तै अत्यधिक कडाई गरिएका धनुषा जिल्लामा भने केहि जनप्रतिनिधिले लकडाउनको धज्जी उडाएको खबर छ ।

धनुषाको शहीद नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले शुक्रबार बालबालिकालाई बोलाई पुस्तक बाँडेका छन । उपस्थित करिब २०० छात्रछात्रा संग न मास्क देखियो न समाजिक दुरी नै ।

आधारभूत विद्यालय डुमरियामा भेला भएका बालबालिकाले भने “हामीलाई सरले किताब लिन बोलाउनु भएको हो ।” त्यहाँ उपस्थित शिक्षक पवन गोहितमान यादवलाई सोधपुछ गर्दा उनी प्रधानाध्यापक अशोक यादव र स्रोत ब्यक्तिको आदेशमा किताब बाँडेको भने ।

प्रधानाध्यापक यादव संग सम्पर्क गर्दा उनी नगरपालिकाको दवाबमा किताब वितरण गर्न थालेको भन्दै आफ्नो सफाई दिए ।बुझ्दै जाँदा शहीद नगरपालिका भरी अधिकांश विद्यालयले शुक्रबार पाठ्यपुस्तक वितरण गरेको थाहा पाईयो ।

वडा नम्बर ८ कै आधारभूत विद्यालय नाथपट्टीमा पुस्तक वितरण गर्न वडा अध्यक्ष तनुकलाल स्वयं उपस्तिथ भएको स्रोतले जनाए ।

कोभीड १९ महामारी को त्रास झेलीरहेको देशमा यस्ता अनुत्तरदायी जनप्रतिनिधि को कारण संक्रमण को खतरा बढ्ने स्थानीयको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]