१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

मन्त्रालयको त्रुटिपूर्ण बिज्ञप्तीका कारण सिरहाली जनता अन्यौलमा

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

संजय विश्वकर्मा
लहान ०३ ,जेष्ठ । सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर– १ मा मिति २०७७ बैशाख २९ गते प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरमा स्वाब टेस्ट (पी सि आस ) कलेक्शन भएको थियो ।

जसमा ३५ जनाले स्वाव कलेक्शनका लागी नमुना दिएका थिए । नमुना कलेक्शन गरेका मध्ये १२ जनाको रिपोर्ट नेगेटीभ आएको भगवानपुर गाउँपालिकाका स्वास्थ्य संयोजक लक्ष्मण मण्डलले बताए ।
आज जारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीमा सिरहा सखुवा – १९ का ३० बर्षिय एक पुरुष पोजेटीभ भएको पुष्टी गरिएको छ । सिरहा जिल्लामा सखुवा– १९ नरहेकोले जिल्लाबासी एकछीन अन्यौलमा रहेको स्थानियहरु बताउँछन ।

सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर –१ लतीयाहीका एक पुरुष रहेको अनुमान गरिएको छ । सो टोलका ३० बर्षिय पुरुष फल्गुन २८ गते साउदी अरबबाट घर आएको बुझिएको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – १ का वडा अध्यक्ष शुभनारायण यादवले बताए । उनी आफै स्वास्थ्य केन्द्रमा पुगेर स्वाव र पिसिआर टेष्को लागी नमुना दिएका थिए ।

उनको उमेर मिल्दो जुल्दो रहेकोले अनुमान मात्र गर्न सक्ने अबस्था रहेको स्वास्थ्य संयोजक मण्डलले जानकारी दिनुभयो । मन्त्रालयका बिज्ञप्ती अनुसार हामी पनी अन्यौलमा छौ । हामी जिल्ला स्वास्थ्य कार्यलय सिरहा लगायत जिल्ला प्रशासन कार्यालयमा बुझने प्रयास गरिरहेको उनले बताए । यता जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख सरोज गुरागाँईले सखुनन्नकारकटी गाउँपालिका वडा नम्बर १ कै पुरुष रहेको बिभिन्न संचारमाध्यमा दाबी गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]