१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

खुकुलो लकडाउनले लाहानवासी संक्रमणको उच्च जोखिममा, सुनचाँदी व्यापार शुरु

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

मनोज बनैता, लाहान, ३ जेठ । जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेता पनि लाहान बजार मा त्यसको खासै असर देखिएको छैन । लकडाउन(बन्दाबन्दी) खुकुलो भए संगै केही अटेरी सुनचाँदी पसले ले भने आंशिक रुपमा पसल खोल्न थालेका छन । समाजिक दुरीको ख्यालै नगरी सुनचाँदी बिक्रीवितरण हुँदै गरेको एक गोप्य स्रोतले जानकारी दिएको छ ।

सरकारले खाद्यान्न लगायत अतिआवश्यक पसल खोल्न छुट दिएपनी लाहानमा भने अधिकांस पसलहरु र होटेलहरु खुल्ने गरेको खबर प्राप्त भएको छ । लाहान नजिकैको गा.पा मा एक ब्यक्ति कोरोना पोजेटिभ देखिएपछि यहाँका स्थानीय चिन्तित छन । लाहान कै दक्षिणवर्ती गाउँकि एक महिला मुनरी देवी आफ्ना आफन्तलाई लिएर लाहान बजारमा सुन किन्न आएको बेला हामीले उनीलाई प्रश्न गर्यौ ।
प्रश्न:- तपाईहरु यो ग्रुप बनाएर लाहानमा किन घुमिरहनु भएको छ? बजार बन्द भएको थाहा छैन?
जवाफ आउँछ: हामी सुनचाँदी किन आएकी छौ । बजार खुलेको भनी हामीले थाहा पायौं । हाम्रै गाउँका ले अस्ति भर्खर चाँदी किनेर लगे ।
तोलामा २/४ सय बढी लिएर सुनचाँदी व्यापार गरि लाहानलाई कोरोनाको उच्च जोखिममा ल्याउनु अमानवीय हो । यसमा सरोकारवाला निकाय सुनचाँदी ब्यवसाय लगायत स्थानीय प्रहरी प्रशासनले ध्यान दिनु अति जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]