१८ मंसिर २०८१, बुधबार
04-12-2024 , Wed
×

बिराटनगर को ६ र १५ नम्बर वडा सिल गर्ने तयारी, बिराटनगर १५ मा संक्रमण को खतरा बढी

Logo
प्रकाशित आइतबार, जेठ ०४, २०७७

राजेश शर्मा, विराटनगर, ४ जेठ । विराटनगर महानगरपलिकामै दुई जना कोरोना भाइरस संक्रमित फेला परेपछि दुईवटा वडालाई सिल गर्न तयारी थालिएको छ ।

केहिदिन अगाड़ी बिराटनगर महानगर पालिका वडा नम्बर १५ मा दोश्रो चरण को रहत को निम्ति आन्दोलन हुनु र सोही वडाको एक जनामा कोरोना संक्रमण देखा पर्नु अत्यन्तै जोखिम पुर्ण साबित भएको छ । सोहि कारणले गर्दा विराटनगरको वडा नम्बर ६ र १५ लाई सिल गर्न लागिएको हो । विराटनगर महानगरका मेयर भीम पराजुलीले ती दुई वडालाई सिल गर्न लागिएको बताए ।

संक्रमित दुवैजनालाई कोशी अस्पताल ल्याउने तयारी भइरहेको मेयर पराजुलीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]

विराटनगर, ९ साउन । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०÷८१ मा कूल रु १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो […]

झापा, ९ साउन । कोशी प्रदेशमा गत आर्थिक वर्षमा विभिन्न अपराधका नौ हजार तीन सय ८७ मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सबैभन्दा बढी एक हजार पाँच सय ७४ सामाजिक अपराधका मुद्दा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले गत आवमा आत्महत्याका एक हजार पाँच सय ५४, लागुऔषधका एक हजार […]