१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

समाजको संकृणता र गरिबीले लिए अलीको ज्यान, आलमको प्रयास विफल

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

मनोज बनैता, सिरहा, ५ जेठ । यसो त गरिबीको कारण दिनहुँजसो हजारौं ले ज्यान गुमाउने गरेको सुन्न पाईन्छ तर नेपालमा यस्तो भनेको नौलो जस्तो लाग्छ । तर, यो यथार्थ घटना हो लाहानको जहाँ छिमेकी देश भारतको राजस्थानबाट एक दम्पती आफ्नो काखे बच्चाको साथ आउछन् । श्रीमान हैदर अली र उनको श्रीमति सडकमा आफ्नो कला देखाएर छाँक टार्दै गईरहेको हुन्छन । अलिको लामो बसाइँ ले उनको सम्पर्क स्थानीय सङ्ग हुन जान्छ । श्रीमान र श्रीमति आफ्नो बच्चालाई यहीँ हुर्काएर उनको उज्ज्वल भविष्यको सपना बुन्न थाल्छन्।

त्यतिबेलै चाईनाको वुहान सहर बाट शुरु भएको कोरोना भाईरसको महामारी ले गर्दा संसारभरी नै हाहाकार मच्चाउन थाल्छ । यता हैदर अली को सडकको व्यापार लकडाउनले गर्दा ठप्प हुन्छ । भारतबाट तबलिकी जमातीको कारणले कोरोना फैलियो भन्ने अफवाहले अदृश्य रुपमा समाजमा विभाजन ल्याउँछ । अलीलाई चिन्ने ले पनि नचिनेको जस्तो गर्छ । अली र उनको जहान न यता न उताको हुन्छ । न त उनीहरू आफ्नो देश भारत नै जान पाँउछन न त यहाँ बस्न । रोजीरोटी बन्द भएको ले उनी भिक्षा मागी मागी केही दिन आफ्नो गुजारा गर्छन ।

एक दिन  लाहान ५ का एक समाजसेवी एवं नेता महमुद आलमले हैदर अलीलाई पिडाको कारण ले सडकको पेटीमा छ्टपटाई रहेको देख्छ । छेउमै बसेकी अलीको श्रीमती रुदै गुहार लगाईरहेकी हुन्छिन । आलम ले त्यो दृष्य देख्न सक्दैन र अलीलाई तुरुन्त रा.उ अस्पताल पुर्याउछ । आकस्मिक वार्डमा उनको उपचार शुरु हुन्छ । आलमले त्यतिबेला थाहा पाउछन् कि रमजानको कारण ले उनीहरू केही खाएका छैनन् । उनले सबैको लागि तुरुन्त खानाको ब्यवस्था गर्छ र भोलिपल्ट बिहान फेरि आउने वचन दिन्छ ।

भोलिपल्ट आलम अस्पताल जादा अली ले मृत्युवरण गरिसकेको हुन्छ ।  मृतक अलीको छेउमा उनको श्रीमती असमन्जसतामा हुन्छ कि अब के गरु? उनी घरी आफ्नो श्रीमानको पार्थिव शरीर तिर हेर्छिन घरी आफ्नो बालकको अनुहार तिर । आलम ले त्यो दृष्य हेरेर थाम्न सक्दैन र भकानो पारेर रुन थाल्छ । अन्तमा उनले कुनै साईनो नभएपनी अलीको लासलाई मुस्लिम रितिरिवाज अनुसार अन्तिम संस्कार गर्छन । हाल स्वर्गीय अलीको परिवार समाजसेवी महमुद आलमको सम्पर्कमा हुनुहुन्छ ।(यो वास्तविक कथा महमुद आलम ले भनेको अनुसार जस्ताको त्यस्तै)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]