१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

सप्तरीमा थप एकजना संक्रमित, कोभीड संक्रमणका संख्या जिल्लामा २ पुग्यो

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

मनोज बनैता, सिरहा, १० जेठ । सप्तरीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भर्खरको संक्रमीत संगै कोभिड १९ का बिरामी जम्मा २ जना भएको खबर छ ।

बलान बिहुल गा.पा ४ का अनुमानित ३५ वर्षीय एक युवकमा संक्रमणको पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमीत युवक भारतको दिल्लीबाट आफ्नो पत्नीका साथ आएको खुलेको छ । उनीलाई गा.पा स्थित स्थानीय क्वारेन्टाइनमा राखिएको थियो । संक्रमीत युवकको स्वाब संकलन गरी परीक्षणकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।

प्राप्त जानकारी अनुसार संक्रमित युवकलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको छ ।

यसअघि गत वैशाख २९ गते डाक्नेश्वरी नगरपालिका नम्वर–३ का एक १८ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]